नेपालमा कोरोना संक्रमित संख्या ११० पुग्यो, विश्वभर ७८ नेपालीको मृत्यु

२८ वैशाख, काठमाण्डौँ । नेपालमा कोरोना भाइरसको संक्रमित संख्या ११० पुगेको छ । आज विहान थप एक जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएपछि संक्रमित संख्या ११० पुगेको हो । आज पत्ता लागेका संक्रमित उदयपुरको भुल्केकी ४३ वर्षीया महिला हुन् । उदयपुरको भुल्केस्थित मस्जिदमा यसअघि संक्रमितको सम्पर्कमा आएकी ती महिलाको कोशी अस्पताल विराटनगरमा परीक्षणका क्रममा संक्रमण पत्ता लागेको हो । उदयपुरको भुल्के नेपालमा कोरोना भाइरसको केन्द्रबिन्दु बनेको छ । हालसम्म..

कोरोना संक्रमित पुरुषको वीर्यमा भाइरस रहिरहन सक्ने एक अध्ययनको निश्कर्ष

२७ वैशाख, काठमाण्डौँ । कोरोनाभाइरस (कोभिड–१९) निको हुन लागेका पुरुषको वीर्यमा भने भाइरस रहिरहन सक्ने नयाँ अध्ययनले देखाएको छ । चिनियाँ अनुसन्धानकर्ताहरुका अनुसार यस अध्ययनले यौन सम्पर्कमार्फत पनि कोरोना सर्नसक्ने सम्भावना औंल्याएको छ । कोरोना महामारी उच्च रहेका बेला अर्थात जनवरी र फेब्रुअरीमा साङक्यु नगरीय अस्पतालमा उपचार गराएका ३८ पूरुषहरुमा अनुसन्धानकर्ताले अध्ययन गरेका थिए । त्यसमध्ये १६ प्रतिशतको वीर्यमा कोरोनाको जीवाणु देखिएको यस अध्ययन टोलीले जर्नल जामा नेटवर्क ओपनलाई जानकारी..

नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या १०२ पुग्यो

२६ वैशाख, काठमाण्डौँ । नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गर्दा १६ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । योसँगै नेपालमा कूल संक्रमितको संख्या १०२ पुगेको छ । यसमध्ये ७४ जना पुरुष र २८ जना महिला रहेका छन् । यता, कोशी अस्पतालबाट आज ८ जना डिस्चार्ज भएका छन् । जसमध्ये ५ जना..

नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ९९ पुग्यो

२४ वैशाख, काठमाण्डौँ । नेपालमा आज एकैदिनमा १७ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप १७ जनामा कोरोना संक्रमण देखिएको हो । योसहित संक्रमितको संख्या ९९ जना पुगेको छ । १७ जनामध्ये १ जना दुई महिने शिशु पनि रहेका छन् । संक्रमितहरु सबै बीरगञ्जका भएको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो । १७ जनामध्ये १० पुरुष र ७ जना महिला रहेका छन् ।..

कोरोनालाई जितेर कोशी अस्पतालबाट ६ जना घर फर्किए

२४ वैशाख, विराटनगर । विराटनगरको कोरोना अस्पतालमा उपचार गराइरहेका ६ जना भारतीय नागरिक डिस्चार्ज भएका छन् । उदयपुरको भुल्केस्थित मस्जिदमा रहेको बेला कोरोना देखिएपछि वैशाख ५ गते भर्ना भई कोशी अस्पताल अन्तर्गतको कोभिड १९ उपचार केन्द्रमा उपचार गराइरहेका १२ जनामध्ये ६ जना डिस्चार्ज भएका हुन् । अस्पताल परिसरमा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले उनीहरुलाई आज विहान विदाइ गर्नुभएको थियो । कोरोनामुक्त भई डिस्चार्ज हुनेहरु ३० वर्षीय अनुस..

लकडाउन जेष्ठ ५ गतेसम्म लम्ब्याउने मन्त्रिपरिषद्को निर्णय

२४ वैशाख, काठमाडौँ । सरकारले लकडाउनलाई जेष्ठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यसअघि घोषित लकडाउन २५ वैशाख मध्यराती १२ बजे सकिदैछ । आज बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो । कोरोनाभाइरसको संक्रमण फैलिन नदिन सरकारले गत चैज्ञ ११ गतेदेखि लकडाउन गरेको थियो । लकडाउनकै अवधिमा नेपालमा कोरोनाको संक्रमण भने बढिरहेको छ । लकडाउनकै बीच..

नेपालगञ्जका थप सात जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ८२ पुग्यो

२३ वैशाख, बाँके । बाँकेको नेपालगञ्जमा आज थप सात जना कोरोना संक्रमित भेटिएका छन् । भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परिक्षणको आज आएको रिपोर्टमा ७ जना नयाँ संक्रमित भेटिएका छन् । संक्रमित मध्ये ६ जना पुरुष र एक जना महिला रहेका छन् । यसअघि बाँकेमा १५ जना संक्रमित फेला परेका थिए । संक्रमितको संख्या बढेपछि प्रदेश सरकारले आज विहान ११ बजेदेखि २५ गतेसम्म नेपालगञ्जमा कफ्र्यु लगाउने घोषणा सोमबार नै गरिसकेको छ..

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ५० हजार पुग्यो, ३५ लाख संक्रमित

२२ वैशाख, काठमाण्डौँ । विश्वभर कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण मृत्यु हुनेको संख्या करिव २ लाख ५० हजार पुगेको छ । यस्तै संक्रमितको संख्या ३५ लाख लाख नाघेको अन्तराष्ट्रिय संञ्चार माध्यम रोयर्टसले जनाएको छ । तर पहिलेको अवस्थामा संक्रमित र मृतकको संख्या भने कम हुँदै गएको देखिएको छ । पछिल्लो कोरोना विवरण अनुसार धेरै संक्रमितहरू उत्तर अमेरिकी र युरोपेलीहरु रहेका छन् । यता ल्याटिन अमेरिका, अफ्रिका र सोभियतमा भने..

बाँकेका थप ६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ७५ पुग्यो

२१ वैशाख, बाँके । बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो । आज नै नेपालगञ्जका ९ जना व्यक्तिमा पनि संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा संक्रमितको संख्या ७५ पुगेको छ । आजै वीरगन्जका एकजना पुरुषमा पनि कोरोना संक्रमण देखिएको थियो । आज मात्र नेपालमा १६ जना कोरोना संक्रमित थपिएका छन्..

एकै दिनमा १० जना कोरोना संक्रमित भेटिए, संक्रमित संख्या ६९ पुग्यो

२१ वैशाख, काठमाण्डौँ । नेपालमा एकैदिन १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्सामा १ जना र बाँकेको नेपालगन्जमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत थप १० जनामा संक्रमण भएको जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ९ जना नेपालगञ्जमा र एकजना पर्साका ३६ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता..