धरानको वीपि प्रतिष्ठानमा ओपिडी सेवा अनिश्चित, विरामीहरु समस्यामा

४ जेष्ठ, सुनसरी । सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपिडी सेवा २ महिना देखी बन्द हुदाँ विरामीहरु समस्यामा परेका छन् । लकडाउन पछि बन्द रहेको ओपिडी सेवा कहिले खुल्ने भन्ने निश्चित नहुँदा समस्या भएको हो । ओपीडि सेवा सुचारु गर्नका लागि अहिले सम्म दुई चरणको बैठक तथा छलफल भएपनि खास निकास नभएका कारणले समस्यामा परेको विरामीहरुले बताएका छन् । लकडाउनको बेलामा अस्पतालमा उपचारका लागि आउनेहरूलाई कसरी व्यवस्थापन..

कोरोनाका कारण बाँकेका थप एक युवकको मृत्यु, मृतक संख्या दुई पुग्यो

४ जेष्ट, बाँके । नेपालमा फेरि कोरोनाबाट अर्का एक जनाको मृत्यु भएको छ । बाँकेका २५ वर्षीय युवाको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिनुभएको छ । यसअघि हिजो मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलामा पनि कोरोनाको संक्रमण पुष्टि भएको थियो । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले भेरी अस्पतालमा गरिएको परीक्षणमा युवकमा कोरोनाभाइरसको संक्रमण देखिएको..

लकडाउनमा कब्जियतको समस्याले सतायो कि ?

४ जेष्ठ, काठमाण्डौँ । पचास बर्षिय एक पुरुषलाई लकडाउन पछि पाँच सात दिन देखि दैनिक दिसा नलाग्ने, दिशा भए पनि थोरै हुने, पेट फुल्ने ,दिसा गर्न अप्ठ्यारो हुने, पेट भारी हुने, पेटमा ग्यास बन्ने, पेट सफा नहुने ,असपट हुने, शरीर चंगा र छरितो नहुने,पेट कराउने, जस्ता कब्जियतका लक्षणहरु देखियो । कोरोनाको त्रासले आफु भयभित वैचेनी र तनावमा रहेको समेत बताउदै मनोपरामर्शका लागि मनोविदलाई फोन गरे । साथै आफुलाई पहिला देखिनै..

थप १० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २९१ पुग्यो

४ जेष्ठ, काठमाढडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको छ । आइतबार(आज) बिहान प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले नेपालमा थप १० जनामा कोरोना संक्रमण भेटिएको बताउनुभएको हो । योसँगै नेपालमा संक्रमितको संख्या २९१ पुगेको छ । नयाँ सङ्क्रमितहरु सबै रौतहटका पुरुष रहेका छन् । उहाँका अनुसार राजपुर नगरपालिका–९ फरहदवाका १८, ३२, ३६, ३९, ३९,..

नेपालमा पहिलोपटक कोरोना भाइरस संक्रमणबाट एक महिलाको मृत्यु

३ जेष्ठ, काठमाण्डौँ । नेपालमा पहिलोपटक कोरोना भाइरसको संक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ । सिन्धुपाल्चोक घर भएकी २९ वर्षीया महिलाको आज मृत्यु भएकोमा कोभिड १९ को परीक्षणबाट संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार पहिलोपटक देशमा कोरोना भाइरसको संक्रमणबाट मानिसको मृत्यु भएको छ । देशमा २७९ जना संक्रमित पत्ता लाग्दा पहिलोपटक कोभिड १९ बाट मृत्यु भएको हो । मृतक महिला धुलिखेल अस्पतालमा आकस्मिक उपचारका लागि लगिएकामा मृत घोषित..

आज थप ६ जना कोरोना संक्रतिम थपिए

३ जेष्ठ, काठमाण्डौँ । आज थप ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज विहान १० बजे गरेको अपडेटमा थप ६ जनामा कोरोनाको संक्रमण देखिएको जनाएको छ । नयाँ संक्रमितहरु बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवन जिल्लाका हुन् । हाल उनीहरुको अवस्था सामान्य रहेको र उनीहरु चिकित्सकको सम्पर्कमै रहेको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बर्दियाको नार्खु–११ निवासी २८ वर्षीय महिला, सिरहाको सखुवा–१९ निवासी..

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या २६७ पुग्यो

२ जेष्ठ, काठमाण्डौँ । नेपालमा थप ९ जनाको कोरोना भाइरस –कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमा दाङका तीन जना छन् । योसँगै कुल संक्रमित संख्या २६७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार धरान र नेपालगञ्जमा गरिएको परीक्षणमा संक्रमण पत्ता लागेको हो । संक्रमितमध्ये वीरगञ्जका ९ र १० वर्षीय बालक, ४७ वर्षीया महिला, उदयपुर त्रियुगाका २५ वर्षीय पुरुष, दाङका २३, ३६ र ३४ वर्षीय पुरुषहरु र काठमाडौं सतुंगलका..

नवलपुरका थप एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या २ सय ४६

१ जेष्ठ, काठमाण्डौँ । गण्डकी प्रदेशको नवलपुरका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा देवचुली नगरपालिका–१२ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । आज बिहानै पनि कपिलवस्तुकी ६ वर्षीया बालिकासहित काठमाडौंको चन्द्रागिरिका ३२ वर्षीय पुरूषमा पनि संक्रमण देखिएको थियो । योसँगै संक्रमितको संख्या २ सय ४६ पुगेको छ । तीमध्ये ३५ जना निको भएर घर फर्किसकेका छन् । त्यसमा पनि..

झापामा अहिलेसम्म एक हजार छ सय १७ जनाको कोरोना परिक्षण

१ जेष्ठ, झापा । झापामा अहिलेसम्म एक हजार ६ सय १७ जनाको कोरोना परिक्षण गरिएको छ । र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) र पोलिमिरेस चेन रियाक्सन (पिसिआर) दुबै विधिबाट कोरोना संक्रमण भएनभएको थाहा पाउन स्वास्थ्य परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय झापाका जीवन चौम्लागाईले जानकारी दिनुभयो । उहाँका अनुसार अधिकाङ्स जसो विदेशबाट भर्खेरै घर आएकाहरुको कोरोना परिक्षण गरिएको छ । हालसम्म चार सय ६२ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ । त्यसमा..

कोरोना सङ्क्रमित नर्ससंग सम्पर्कमा आएका १९ जनाको स्वाब संकलन

१ जेष्ठ, सुनसरी । भक्तपुरमा कोरोना संक्रमण पुष्टि भएकी सुनसरीकी नर्सको परिवार सहित १९ जनाको स्वाव संकलन गरिएको छ । सुनसरीबाट भक्तपुर पुगेकी २५ वर्षीय आरोग्य अस्पतालकी स्टाफ नर्स हुन् । उनिमा कोरोना संक्रमण पुष्टि भएपछि उनको परिवारका सदस्यहरुको स्वाव संकलन गरी कोरोना परिक्षणका लागि पठाईएको छ । सुनसरीको रामधुनी नगरपालिका घर भएकी उनको परिवारलाई सम्पर्क गरेर स्वाव लिईएको सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले बताउनुभयो । पौडेलका अनुसार अहिले..