स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विज्ञप्तिमा त्रुटी, संक्रमित सख्या २४५ मात्र

१ जेष्ठ, काठमाण्डौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार नेपालमा ७ जना कोरोना संक्रमित थपिएको भने पनि जम्मा दुई जनामात्र नयाँ संक्रमित थपिएको पाइएको जनाएको छ । मन्त्रालयले आज बिहान पौने ८ बजे सार्वजनिक गरेको अध्यावधिक विवरणअनुसार सर्लाहीको धान्कौल नगरपालिकाका २५ वर्षीय पुरुष, धनुषाको जनकपुर उपमहानगरपालिका र मिथिला नगरपालिका निवासी क्रमशः ४० वर्षीय पुरुष र २० वर्षीया महिलामा कोरोना संक्रमण देखिएको बताएको थियो । यस्तै महोत्तरीको जलेश्वर नगरपालिका र बलवा..

थप २४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या २४३ पुग्यो

३१ वैशाख, काठमाण्डौँ । नेपालमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासीमा कोरोना संक्रमित भेटिएका हुन् । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार रुपन्देहीमा १०, कपिलवस्तुमा ८, पर्सामा २ र नवलपरासीमा १ जना कोरोना संक्रमित फेला परेको छनु । यो संगै नेपालमा संक्रमित संख्या २४३ पुगेको छ ।

आज थप तिन जना कोरोना संक्रमित थपिए, धनुषाका दुई महिला र बाँकेका एक पुरुष संक्रमित

३१ वैशाख, जनकपुरधाम । धनुषामा थप दुई जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले मिथिला नगरपालिकाका २ महिलामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएको छ । यस्तै हिजो जनकपुुर उपमहानगरपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । ती संक्रमितमा एक जना पत्रकार र एक जना पुस्तक व्यवसायी रहेको बताइएको छ । प्रदेश नम्बर २ मा कोरोना संक्रमित हटस्पट बनेको छ । प्रदेश २..

भीम रावलको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई कोरोना संक्रमण

३१ वैशाख, झापा । पूर्वगृहमन्त्री तथा नेकपा स्थायी समिति सदस्य भीम रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरीका जवानलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । रामेछाप घर भएका २७ वर्षीय सशस्त्रका ती जवान भक्तपुरमा बस्दै आएका थिए । केही वर्षदेखि रावलको सुरक्षामा खटिएका उनी विगत एक महिनादेखि भने विदामा बस्दै आएका थिए । ‘उनी एक महिना अघिदेखि घरायसी कामले विदामा बसेका थिए,’ नेता रावलका सहयोगीले बताएका छन् । मंगलबार(हिजो) राजधानीमा भेटिएका..

नेपालमा कोरोना संक्रमित थपिने क्रम रोकिएन, हिजो साँझमात्र २६ जना संक्रमित थपिए

३१ वैशाख, काठमाण्डौँ । नेपालमा फेरि मंगलबार(हिजो) साँझ २६ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या २१७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पर्साका २२, २८, २८, ३२, ४५ र ६० वर्षीय महिला तथा १६, २२, २४,२५, २५, २८,२८, ३२, ५९, ५५,६१, र ६१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । यस्तै महोत्तरीका १६ र ३५ वर्षीय पुरुष तथा धनुषाकी २० वर्षीया महिला र..

नेपालमा एकै दिनमा ५७ जना कोरोना संक्रमित थपिए, पत्रकार पनि संक्रमित

३० वैशाख, काठमाण्डौँ । नेपालमा एकै दिन आज ५७ जनामा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंको प्रयोगशालामा गरिएको परीक्षण अनुसार नयाँ पुष्टि भएको संख्या ५७ रहेको छ र ती सबै पुरुष रहेका छन् । जसमध्ये कपिलवस्तु जिल्लामा ८ जना, पर्सा जिल्लाका ३९ जना र बारा जिल्लाका १ जना रहेका छन् । उनीहरुको पछिल्लो स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा..

चीनले दियो ४० हजार थान पीसीआर किट सहित अत्यावस्यक स्वास्थ्य सामग्री

२९ वैशाख, काठमाण्डौँ । कोरोना भाइरस नियन्त्रणका लागि चीनले नेपाल सारकारलाई पीसीआर परीक्षण किटसहितका अत्यावस्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । चीनले ४० हजार थान पीसीआर टेस्ट किट, डिस्पोजेबल कभरल १० हजार थान, १० हजार थान मेडिकल ग्लोब, एन ९५ मास्क २० हजार थान, सर्जिकल मास्क ८ लाख थान सहयोग गरेको हो । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकललाई..

सप्तरीका थप एक युवकमा कोरोना संक्रमण पुष्टि, आज मात्र ११ जना संक्रमित फेला

२९ वैशाख, काठमाण्डौँ । आज एकैदिनमा ११ जना कोरोनाभाइरसको संक्रमित फेलापरेका छन् । अघि बिहान मात्र कपिलवस्तुका १० जना व्यक्तिमा संक्रमण देखिँदा अहिले दिउँसो थप एक जना व्यक्तिमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार थप नयाँ संक्रमित सप्तरीका हुन् । १८ वर्षीय युवक डाक्नेश्वरी नगरपालिका–३ का बासिन्दा रहेका बताईएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । सुनसरीको धरानस्थित..

थप १० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या १२० पुग्यो

२९ वैशाख, काठमाण्डौँ । नेपालमा आज थप १० जनामा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको छ । प्राप्त जानकारी अनुसार कपिलबस्तुका १० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । आज फेला परेका नयाँ संक्रमितसहित नेपालमा कोरोना संक्रमितको संख्या एक सय २० पुगेको छ । राष्ट्रिय जनस्वास्थ प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणमा थप १० जनामा कोरोना पुष्टि भएको हो । आज फेला परेको कोरोना संक्रमित सबै कपिलवस्तु यशोधरा गाँउपालिका–५ र बुद्वभुमि नगरपालिका–७, र १०..

प्रदेश–१ को कोभिड उपचार केन्द्र कोशी अस्पतालबाट थप २ जना डिस्चार्ज

२८ वैशाख, विराटनगर । विराटनगरको कोशी अस्पतालबाट झापा र भोजपुरका थप दुईजना कोरोना संक्रमित कोरोना मुक्त हुँदै घर फर्किएका छन् । प्रदेश–१ को कोरोना उपचार कन्द्रको रुपमा रहेको विराटनगरको कोशी अस्पतालमा उपचाररत झापा दमकका ६३ वर्षीय वृद्ध र भोजपुरका २७ वर्षीय युवक कोरोनालाई जितेर घर फर्किएका हुन् । झापा दमकका संक्रमित बृद्धलाई गत वैशाख १२ गत भर्ना गरिएको थियो । त्यस्तै भोजपुरका युवकलाई गत वैशाख १० गते अस्पताल भर्ना भएका..