नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या १०२ पुग्यो

नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या १०२ पुग्यो

२६ वैशाख, काठमाण्डौँ । नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गर्दा १६ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या १०२ पुगेको छ । यसमध्ये ७४ जना पुरुष र २८ जना महिला रहेका छन् ।

यता, कोशी अस्पतालबाट आज ८ जना डिस्चार्ज भएका छन् । जसमध्ये ५ जना १७ औँ दिनमा र ३ जना १६ औँ दिनमा डिस्चार्ज भएका हुन् । योसँगै निको हुनेको संख्या ३० जना पुगेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर