२२ वैशाख, काठमाण्डौँ । विश्वभर कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण मृत्यु हुनेको संख्या करिव २ लाख ५० हजार पुगेको छ । यस्तै संक्रमितको संख्या ३५ लाख लाख नाघेको अन्तराष्ट्रिय संञ्चार माध्यम रोयर्टसले जनाएको छ ।
तर पहिलेको अवस्थामा संक्रमित र मृतकको संख्या भने कम हुँदै गएको देखिएको छ ।
पछिल्लो कोरोना विवरण अनुसार धेरै संक्रमितहरू उत्तर अमेरिकी र युरोपेलीहरु रहेका छन् । यता ल्याटिन अमेरिका, अफ्रिका र सोभियतमा भने संक्रमितको संख्या बढिरहेको जनाईएको छ ।
पछिल्लो २४ घण्टा यता विश्वमा ८४ हजार ४ जना संक्रमित व्यक्ति थपिएको जनाईएको छ ।
कुल संक्रमित मध्ये ९८ प्रतिशतलाई मध्यम किसिमको कोरोना संक्रमण रहेको र २ प्रतिशतको अवस्थामात्रै गम्भीर रहेको रोयर्टसले जनाएको छ ।
यसैगरी साढे ११ लाख बढी मानिस निको भएर घर फर्किसकेका छन् ।