नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ९९ पुग्यो

नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ९९ पुग्यो

२४ वैशाख, काठमाण्डौँ । नेपालमा आज एकैदिनमा १७ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप १७ जनामा कोरोना संक्रमण देखिएको हो ।

योसहित संक्रमितको संख्या ९९ जना पुगेको छ । १७ जनामध्ये १ जना दुई महिने शिशु पनि रहेका छन् । संक्रमितहरु सबै बीरगञ्जका भएको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो ।

१७ जनामध्ये १० पुरुष र ७ जना महिला रहेका छन् । तीामध्ये १ जना दुई महिने शिशु पनि रहेका छन् । संक्रमितहरु २ महिने देखि ६६ वर्ष उमेर समूहका रहेका छन् ।

यसैगरी बैशाख ११ र १४ गते उपचारपछि निको भएर डिस्चार्ज भएका ३ जनामा पुनः परीक्षण गर्दा पोजेटिभ देखिएको छ । उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

मन्त्रालयका अनुसार कोशी अस्पतालमा उपचाररत ६ जना निको भएर घर फर्किएका छन् । अहिले उपत्यकामा ७ र बाहिर १ सय २९ गरी १ सय ३६ जना संकास्पद व्यक्ति आइसोलेसनमा उपचाररत रहेका छन । देशभरी १९ हजार ७ सय ३४ जना क्वारेन्टाइनमा रहेका छन् ।

मन्त्रालय प्रवक्ता डा.देवकोटाका अनुसार अहिलेसम्म पिसिआर विधिबाट १४ हजार ९६ परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट ५२ हजार ९ सय ७० जनाको परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा भने ९ सय ९१ जनाको मात्रै परीक्षण भएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर