स्वास्थ्य / जीवनशैली

सुनसरीका पाँच स्थानिय तहका क्वारेन्टाईन खाली
२१ वैशाख, सुनसरी । सुनसरीको स्थानिय तहहरुमा निर्माण गरिएको क्वारेन्टाईनमा राखिएको नागरिकहरुको रिर्पोट नेगेटिभ आएकाले सबैलाई घर पठाइएको छ । सुनसरी जिल्लाको इनरुवा नगरपालिकाको बस चौक क्वारेन्टाईन, वर्जु गाउँपालिकाको क्वारेन्टाईन, देवानगञ्ज क्वारेन्टाईन, गढी क्वारेन्टाईन र रामधुनी नगरपालिकाको कृषि तालिम केन्द्र क्वारेन्टाईनमा राखिएको सबैको कोरोना परीक्षण गर्दा नेगेटिभ आएकाले सबैलाई घर पठाइएको हो । इनरुवामा १ जना, रामधुनीमा ३६ जना, गढीमा ११ जना सहित सबैको रिर्पोट नेगेटिभ आएकाले सबैलाई घर पठाइएको..

कोरोनाको कारण विश्वभर ७३ नेपालीको मृत्यु, लण्डनमा मृतकको संख्या धेरै
२१ वैशाख, काठमाण्डौँ । विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९ संक्रमणका कारण आजसम्म मृत्यु हुने गैरआवासीय नेपालीको संख्या ७३ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार बेलायतको ग्रेटर लण्डनमा २७, मिडल्याण्डमा ८, साउथ इष्टमा ११ र साउथ बेष्टमा ३ गरी ४९ जनाको मृत्यु भएको छ । यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । तीमध्ये मध्य न्युयोर्कमा मात्र १२,..

उदयपुरमा पिसिआर परिक्षणको दायरा बढाइयो, ६ सय ५९ जनाको परिक्षण सम्पन्न
२० वैशाख, उदयपुर । उदयपुर जिल्लामा पिसिआर परिक्षणको दायरालाई फराकिलो बनाइएको छ । उदयपुरमा हालसम्म ६५९ को पिसिआर परिक्षण गरिएको छ भने १४२ जनाको आरडिटि परिक्षण गरिएको जनाइएको छ । पिसिआर परिक्षण गरिएका मध्ये जिल्लाका ५३१ जनाको रिपोर्ट आइसकेको र त्यसमध्ये २८ जनामा कोरोना पोजेटिभ देखिएको थियो । बाँकीमा नेगेटिभ देखिएको उदयपुरका प्रमुख जिल्ला अधिकारी दिपक पहाडीले बताउनुभयो । उहाँका अनुसार चौदण्डिगढी नगरपालिका–५ सिवाईका ५८, त्रियुगा नगरपालिका–२ मोथियाईका २० र..

कोरोनाको भयः मनोसामाजिक समस्याको जोखिम
२० वैशाख, काठमाण्डौँ । कोरोनाको प्रकोपले विश्व नै अहिले आक्रान्त बनेको छ । रोगको संक्रमण तथा अन्य प्राकृतिक विपत्तिको बेला तनाव, डर, चिन्ताका कारण विभिन्न किसिमका लक्षणहरु देखिन सक्छन् । कस्ता कस्ता लक्षण देखिन्छन् त ? मनमा कुरा खेल्नु, झर्काे लाग्नु, हातखुट्टा, जिउ काप्नु, कट्कट् खानु वा झमझमाउनु, जिउ सिरिंग हुनु, मुख सुक्नु, पसिना आउनु, टाउको–पेट दुख्नु, रिगंटा लाग्नु, मुटुको चाल बढ्नु, भोक तथा निन्द्रा नलाग्नु, छिटो छिटो पिसाब लाग्नु,..

राज्यमन्त्री गजमेरद्धारा स्वास्थ्यकर्मीका लागि पिपिई हस्तान्तरण
२० वैशाख, झापा । झापा जिल्लामा कार्यरत स्वास्थ्यकर्मीका लागि प्रदेश नं १ का सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले व्यक्तिगत स्वास्थ्य सामग्री प्रदान गर्नुभएको छ । राज्यमन्त्री गजमेरले १ सय ५० थान पिपइ, दुई हजार ८ सय थान सर्जिकल मास्क, ५ सय थान पञ्जा र १ सय ५० थान एन–९५ मास्क शुक्रवार(हिजो) स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख ईश्वरीप्रसाद पौडेललाई हस्तान्तरण गर्नुभएको हो । विराटनगरस्थित मन्त्रालयबाट राज्यमन्त्री गजमेर आफैँ ती सामान लिएर..

बिपी प्रतिष्ठान धरानमा निःशुल्क टेलिमेडिसिन सेवा सुरु
१९ वैशाख, सुनसरी । धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा टेलिमेडिसिन सेवा सुरु भएको छ । लकडाउनको समयमा जो कोही पनि स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उदेश्यका साथ अनलाइन चिकित्सा सेवा सञ्चालन गरिएको प्रतिष्ठानका सह–प्रवक्ता डा. अशोक ऐरले जानकारी दिनुभयो । अस्पताल निर्देशक प्रा. डा. गौरी शङ्कर साहका अनुसार अस्पतालमा संक्रमणको जोखिम उच्च हुने भएकाले अस्पताल नआई नहुने बिरामी बाहेकका लागी यो सेवा निकै प्रभावकारी हुनेछ । टेलिमेडिसिन अन्तरर्गत..

थप दुईजनामा कोरोना संक्रमण पुष्टिः संक्रमित संख्या ५९ पुग्यो
१९ वैशाख, काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमित संख्या ५९ पुगेको छ । आज थप दुई नयाँ संक्रमित रुपन्देही र बाँकेमा भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज पत्ता लागेका संक्रमितहरु रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुष हुन् । उनीहरू दुबैको अवस्था सामान्य छ । दुबै जना स्वास्थ्यकर्मीको निगरानीमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कुल ५९ संक्रमितम ध्ये १६ जना नीको भई घर फर्किइसकेका..

दमकबाट पिसिआर परिक्षणका लागि धरान पठाईएको सबैको रिपोर्ट ‘नेगेटिभ’
१८ वैशाख, झापा । गत शुक्रबार झापा दमक–३ का एक ६२ बर्षिय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टिभएपछि उनको सम्पर्कमा आएका ५४ जनामा गरिएको स्बाव परीक्षणमा कसैलाई पनि संक्रमण नभएको पाईएको छ । संक्रमित ब्यक्तिको सम्पर्कमा आएकाहरुको स्वाब संकलन गरी चार दिन अघि पिसिआरका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा पठाईएको थियो । त्यहाँ पठाईएका सबैको थ्रोट स्वावको परीक्षणको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाले जनाएको छ । पिसिआर परीक्षण पहिलो..

कोरोना संक्रमितलाई नीको पार्ने ‘रेमडिसिभिर’ औषधीको परीक्षण सफलः आशाको दियो जाग्यो
१८ वैशाख, काठमाण्डौँ । कोरोनाभाइरसको उपचारमा एउटा प्रयोगात्मक औषधी प्रभावी देखिएको छ । औषधीले कोरोना संक्रमितलाई नीको पारेको प्रमाणित भएको हो । यसले संक्रमित विरामीको मृत्युको सम्भावना पनि घटाइदिने प्रमाणित भएको उल्लेख छ । अमेरीकी टेलीभिजन सीएनएनका अनुसार यसबारे अध्ययन गरेकाहरुले परीक्षणका क्रममा रहेको औषधी ‘रेम्डेसिभिर’ले कोरोना भाइरसका संक्रमितलाई नीको पारेको खबर सार्वजनिक गरेका छन् । लक्षण देखिएको संक्रमितलाई १५ देखि ११ दिनभित्र ‘रेम्डेसिभिर’को प्रयोग गरिएमा नीको भएको परीक्षणबाट पत्ता..

दमकमा हाल सम्म ८४ व्यक्तिको पिसिआर परिक्षण
१६ वैशाख, झापा । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि झापाको दमक नगरपालिकामा हालसम्म ८४ जनाको पिसिआर परीक्षण गरिएको छ । चार दिनअघि दमक–३ का ६२ बर्षिय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टिभएपछि संक्रमित क्षेत्रलाई सिल गरि संक्रमित ब्यक्तिको सम्पर्कमा आएकाहरुको परिक्षण तीव्र पारिएको हो । यस अन्तगर्त पहिलो चरणमा शंकास्पद व्यक्तिहरुको आरडीटी परीक्षण गरिएको छ । त्यसका अलावा थ्रोट स्वावको नमुना संकलन गर्ने कार्य पनि पूरा भएको नगरपालिकाले जनाएको छ ।..