स्वास्थ्य / जीवनशैली

रौतहटका थप दुई व्यक्तिमा कोरोना संक्रमण पुष्टि
१६ वैशाख, रौतहट । रौतहट जिल्लाका थप दुई व्यक्तिमा कोरोना भइरसको संक्रमण पुष्टि भएको छ । रौतहटको वृन्दावन नगरपालिका वडा नं. ९ भुसहा र देवाही गोनाही नगरपालिका वडा नं. १ का दुई पुरुषमा कोरोना भइरस संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश शाहले जानकारी दिनुभयो । अहिले उनिहरु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाईएको छ ।

प्रदेश–१ मा ५ हजार ८ सय ९ जनाको कोरोना परिक्षण
१६ वैशाख, सुनसरी । प्रदेश–१ मा जम्मा ५ हजार ८ सय ९ जनाको कोरोना परिक्षण भएको छ । सोमबारसम्म ५ हजार ८ सय ९ जनाको कोरोना परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्थित कोरोना सूचना डेस्कले गृह खबरलाई जानकारी दिएको छ । आरडिटी विधिबाट प्रदेश–१ मा कूल ४ हजार ८ सय २८ जनाको कोरोना परीक्षण भएको र पिसिआर विधिबाट ९ सय ८१ जनाको नमूना परीक्षण भएको डेस्कले जनाएको छ ।..

झापाको बाह्रदशी गाउँपालिका पूर्ण रुपमा सिल गर्ने निर्णय
१५ वैशाख, झापा । झापाको बाह्रदशी गाउँपालिकाले गाउँपालिकालाई पुर्ण रुपमा सिल गर्ने निर्णय गरेको छ । बाह्रदशी गाउँपालिका–४ निसी एक व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएसंगै गाउँपालिकाले थप सर्तकता अपनाउँदै गाउँपालिका शिल गर्ने निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीको अध्यक्षतामा आज बसेको बैठकल अर्को निर्णय नगरीन्जेलसम्मका लागि गाउँपालिका शिल गर्ने निर्णय गरेको गाउँपालिकाका सूचना अधिकारी चेतनाथ न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिनिधीसभा सदस्य राजेन्द्र लिङ्देनको समेत सहभागीता रहेको..

झापामा थप एक जनामा भेटियो कोरोना, संक्रमित संख्या ५२ पुग्यो
१४ वैशाख, झापा । झापामा थप एक जनालाई कोरोनाभाइरस पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५० वर्षीय एक पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । कोशी अस्पताल बिराटनगरमा भएको परीक्षणको नतिजाअनुसार एक संक्रमित थपिएका हुन् । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । आज विराटनगरस्थित कोशी अस्पतालमा गरिएको परिक्षण अनुसार एक जना कोरोना पुष्टि भएको हो । झापा यसअघि पनि एक जनामा कोरोना भेटिएको थियो..

कोरोनाको आशंकामा चुलाचुलीमा ८ जनाको आरडिटी परिक्षण, सबैको रिपोर्ट नेगेटिभ
१४ वैशाख, चुलाचुली । इलामको चुलाचुली गाउँपालिकामा कोरोना भाइरसको आंशकामा ८ जनाको आरडिटी परिक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दुश्यान्त दाहालका अनुसार जिल्ला स्वास्थ्य कार्यालयको सहयोगमा गरिएको परीक्षणमा उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको हो । कोरोना परिक्षण गरिएका सबै व्यक्तिहरु विदेशबाट आएका हुन् । गाउँपालिकामा हालसम्म १३ जनाको आरडिटी परीक्षण गरिएकोमा सबैको नेगेटिभ आएको प्रमुख दाहालले बताउनुभयो । गाउँपालिकामा हाल २० बेडको क्वारेन्टाईन निर्माण..

दमकका कोरोना संक्रमित वृद्धको सम्पर्कमा आएकाहरुको आरडिटी परिक्षण सुरु
१४ वैशाख, झापा । दमक–३ का ६२ बर्षीय बृद्धलाई कोरोना संक्रमण पुष्टी भएसँगै यसबाट थप ब्याक्तिहरुमा सरेको हुनसक्ने भन्दै आजबाट आरडिटी परिक्षण सुरु गरिएको छ । संक्रमित बृद्धसँग सम्पर्कमा आएका पहिलो घेरामा रहेका व्यक्तिहरुको कन्ट्राक्ट ट्रेसिङलाई आधार बनाएर परिक्षण शुरु गरिएको हो । दमक नगरपालिकाका प्रवक्ता तथा उपप्रमुख गीता अधिकारीका अनुसार दमक अस्पतालका प्रमुख डा. खड्कलाल लिम्बुको संयोजकत्वमा ४ वटा छुट्टाछुटै स्वास्थ्यकर्मी, जनस्वास्थकर्मी र प्रयोगशालाकर्मीहरुको टोलि परिचालन गरिएको छ ।..

झापा दमकका एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
१२ वैशाख, झापा । झापा दमकका एक जना बृद्धमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका क्रममा दमकका ६२ वर्षीय बृद्धमा कोरोना भाइरसको संक्रमण देखिएको हो । प्रतिष्ठानमा आज गरिएको ४६ जनाको पीसीआर परीक्षणमा एक जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । हाल संक्रमित व्यक्तिलाई आईसोलेसनमा राखेर उपचार..

कोरोना रोकथामका लागि झापाका ८ स्थानिय तहका जनप्रतिनिधीहरुको बैठक सम्पन्न
१२ वैशाख, झापा । झापाका ८ वटा स्थनिय तहका प्रमुख तथा उपप्रमुखहरुको बैठक आज मेचीनगर नगरपालिकामा सम्पन्न भएको छ । भौतिक दुरी कायम राख्दै संयुक्त रुपमा स्थनियतहहरुले कोभिड–१९ बाट उत्पन्न कोरोना भाइरस नियन्त्रण तथा राहत वितरणलगायतका विषयमा छलफल गरेको हो । छिमेकी राष्ट्र भारतमा बढ्दो संक्रमण र त्यसबाट मृत्यु हुनेको संख्या बढेसँगै थप समस्या बढ्दै गएको छ । सोही कुरोलाई समेत ध्यानमा राखेर संक्रमण रोकथाम, सीमा सुरक्षा, विपन्नका लागि राहत..

कोरोना संक्रमणका कारण वेलायतमा खेटाङ्की एक युवतीको मृत्यु
१२ वैशाख, खोटाङ । विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण बेलायतमा खोटाङकी एक युवतीको मृत्यु भएको छ । खोटाङको ऐसेलुखर्क गाउँपालिका वडा नं. १ घर भई हाल वेलायत नटिङ्म बस्दै आएकी ३२ वर्षीया बिमा नाछिरिङ राईको मृत्यु भएको हो । यस अघि उनि मृर्गौला सम्बन्धी समस्याबाट पिडित थिईन । उनलाई कोरोनाको सङ्क्रमण भएको पुष्टि भएपछि बेलायतको जर्ज इलियट अस्पतालमा भर्ना गरिएको थियो । सोही अस्पतालमा उनको उपचारको क्रममा मृत्यु..

दमकमा थप ३ जनाको आरडिटी रिपोर्ट पोजेटिभ, शुरक्षा व्यवस्था कडा
१२ वैशाख, काठमाण्डौँ । झापाको दमक नगरपालिका वडा नं. ३ का एकैपरिवारका ३ सदस्यमा आरडिटी पोजेटिभ देखिएको छ । कोरोनाको शंका लागेर विहिबार उनिहरुको आरडिटी परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । उनिहरुलाई अहिले दमक अस्पतालको आइसुलेसनमा राखेर उपचार गरिरहेको बताईएको छ । ति तिन जना र दमकका अर्का एक जना युवाको स्वाव संकलन गरि पीसिआर परीक्षणका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको नगरपालिकाकी उपप्रमुख तथा प्रवक्ता गीता..