कोरोना संक्रमित पुरुषको वीर्यमा भाइरस रहिरहन सक्ने एक अध्ययनको निश्कर्ष

कोरोना संक्रमित पुरुषको वीर्यमा भाइरस रहिरहन सक्ने एक अध्ययनको निश्कर्ष

२७ वैशाख, काठमाण्डौँ । कोरोनाभाइरस (कोभिड–१९) निको हुन लागेका पुरुषको वीर्यमा भने भाइरस रहिरहन सक्ने नयाँ अध्ययनले देखाएको छ । चिनियाँ अनुसन्धानकर्ताहरुका अनुसार यस अध्ययनले यौन सम्पर्कमार्फत पनि कोरोना सर्नसक्ने सम्भावना औंल्याएको छ ।
कोरोना महामारी उच्च रहेका बेला अर्थात जनवरी र फेब्रुअरीमा साङक्यु नगरीय अस्पतालमा उपचार गराएका ३८ पूरुषहरुमा अनुसन्धानकर्ताले अध्ययन गरेका थिए ।

त्यसमध्ये १६ प्रतिशतको वीर्यमा कोरोनाको जीवाणु देखिएको यस अध्ययन टोलीले जर्नल जामा नेटवर्क ओपनलाई जानकारी गराएको छ । तीमध्ये ९ एकचौथाई गम्भीर अवस्था र झन्डै ९ प्रतिशत निको हुने अवस्थामा थिए ।

‘कोभिड–१९ भएका बिरामीको विर्यमा सार्स–कोभ–२ देखिन सक्ने भेटियो र निको हुँदै गरेका बिरामीमा पनि यस्तो देखिनसक्ने पाइयो,’ बेइजिङस्थित चिनियाँ जनमुक्ती सेना जनरल अस्पतालका डियानजेङ लि र उनको टोलीले लेखेको छ ।

कोरोना भाइरस मानिसको सम्पर्कमा आउँदा सर्ने सम्भावना रहने वैज्ञानिक अनुसन्धानबाट पत्ता लागिसकेको हो । तर, यसलाई यौन सम्पर्कबाट सर्ने रोगको सुचीमा भने विश्व स्वास्थ्य संगठनले राखेको छैन ।

बिहिबार जर्नल अफ द अमेरिकन मेडिसिन एशोशिएसनले कोरोना भाइरसको पद्धार्थ पुरुष वीर्यमा पनि भेटिएको तथ्य सार्वजनिक गरेको छ ।

कोरोना भाइरसको संक्रमित र संक्रमणपछि नीको भइसकेको पुरुषको वीर्यमा पनि भाइरसको पद्धार्थ भेटिएको अध्ययनमा उल्लेख छ । तर, अध्ययनकर्ताहरु कोरोना भाइरस यौन सम्पर्कबाट सर्ने नसर्नेमा निश्चित भइसकेका छैनन् ।

चिनियाँ रिसर्चरहरुले ३८ जना कोभिड १९ का पुरुषबाट नमुना संकलन गरी अध्ययन गरेका थिए । एक महिनासम्म अध्ययन गरेर निष्कर्षमा पुगेका वैज्ञानिकहरुले वीर्यमा पनि कोरोना भाइरसको पद्धार्थ भेटेको पुष्टि गरेका हुन् । ३८ विरामीमध्ये ६ जनामा भाइरसको पद्धार्थ भेटिएको थियो । यसबाट कोरोना भाइरसका संक्रमितको वीर्यमा १६ प्रतिशत भाइसको पद्धार्थ रहने सम्भावना रहेको निष्कर्ष निस्किएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर