२४ वैशाख, काठमाडौँ । सरकारले लकडाउनलाई जेष्ठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।
यसअघि घोषित लकडाउन २५ वैशाख मध्यराती १२ बजे सकिदैछ ।
आज बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो ।
कोरोनाभाइरसको संक्रमण फैलिन नदिन सरकारले गत चैज्ञ ११ गतेदेखि लकडाउन गरेको थियो ।
लकडाउनकै अवधिमा नेपालमा कोरोनाको संक्रमण भने बढिरहेको छ ।
लकडाउनकै बीच यतिबेला नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ ।