बाँकेका थप ६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ७५ पुग्यो

बाँकेका थप ६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ७५ पुग्यो

२१ वैशाख, बाँके । बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो ।

आज नै नेपालगञ्जका ९ जना व्यक्तिमा पनि संक्रमण पुष्टि भएको थियो ।

योसँगै नेपालमा संक्रमितको संख्या ७५ पुगेको छ । आजै वीरगन्जका एकजना पुरुषमा पनि कोरोना संक्रमण देखिएको थियो । आज मात्र नेपालमा १६ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर