नेपालगञ्जका थप सात जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ८२ पुग्यो

नेपालगञ्जका थप सात जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ८२ पुग्यो

२३ वैशाख, बाँके । बाँकेको नेपालगञ्जमा आज थप सात जना कोरोना संक्रमित भेटिएका छन् । भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परिक्षणको आज आएको रिपोर्टमा ७ जना नयाँ संक्रमित भेटिएका छन् । संक्रमित मध्ये ६ जना पुरुष र एक जना महिला रहेका छन् ।

यसअघि बाँकेमा १५ जना संक्रमित फेला परेका थिए । संक्रमितको संख्या बढेपछि प्रदेश सरकारले आज विहान ११ बजेदेखि २५ गतेसम्म नेपालगञ्जमा कफ्र्यु लगाउने घोषणा सोमबार नै गरिसकेको छ ।

संक्रमितहरुमा नेपालगन्ज ८ निवासी २२, ३० र ४० वर्षका पुरुष रहेका छन् भने ९, ३२, ३४ र ५५ वर्षका महिला रहेका छन् ।

योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ८२ जना पुगेको छ ।

बाँकेमा मात्रै कोरोनाभाइरस संक्रमितको संख्या २३ पुगेको छ । यद्यपी सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ ।

लकडाउनका वेलासमेत सर्वसाधारणले हिँडडुल गर्न नछाडेपछि उपमहानगरका २३ वटै वडा तीन दिनका लागि निषेधित क्षेत्र घोषणा गरिएको हो ।

प्रशासनका अनुसार मंगलबारदेखि बिहीबार मध्यरातसम्म लागू हुने गरी उपमहानगरलाई निषेधित क्षेत्र घोषणा गरिएको हो ।

भाइरस संक्रमणको दरलाई न्यूनीकरण गर्न, संक्रमितहरूको कन्ट्र्याक ट्रेसिङ र स्वाब परीक्षणलाई प्रभावकारी बनाउन प्रशासनले यस्तो कदम चालेको हो ।

प्रतिक्रिया:

सम्बन्धित खवर