प्रदेश–१ मा मात्र थप १७ जना कोरोना संक्रमित, झापामा संक्रमित संख्या २५ पुग्यो

८ जेष्ठ, झापा । पूर्वि जिल्लाहरु झापा, धनकुटा र सुनसरीका थप १७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । गएराति थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रदेश एक मुख्यमन्त्री कार्यालयले जनाएको छ । झापाको कचनाकवल गाँउपालिकाका १५ र धनकुटा तथा सुनसरीका एक–एक जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमितहरु कचनाकवल गाउँपालिकाको वडा नम्बर ३, ६ र ८का १८ , १८, १९, १९, २२, २३, २३, २५, २६, २६,..

प्रदेश–१ बाट थप ८ जना कोरोना संक्रमित डिस्चार्ज

७ जेष्ठ, विराटनगर । प्रदेश–१ बाट आज थप ८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । निको हुनेमा ५ भारतीय नागरिक र ३ जना उदयपुर भुल्केका रहेका छन् । आज डिस्चार्ज हुनेहरु गत वैशाख ५ र ९ गते कोशी अस्पताल (कोभिड १९ उपचार केन्द्र)मा भर्ना भएका थिए । डिस्चार्ज हुनेमा उदयपुरका ४६ वर्षीय मोहम्वद इद्रिस, २८ वर्षीय मोहम्वत साविर, ४० वर्षीय मोहम्वत सनौला र भारतीय नागरिकहरु मोहम्वत साईद,..

रुपन्देही र कपिलवस्तुमा थप १३ जना कोरोना संक्रमित, गुल्मीमा एकको मृत्यु

७ जेष्ठ, भैरहवा । आज रुपन्देही र कपिलवस्तुमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा रुपन्देही र कपिलवस्तुमा गरी थप १३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । प्रयोगशाला स्रोतका अनुसार १२ जना कपिलवस्तु र एक जना रुपन्देहीका युवकमा कोरोना संक्रमण देखिएको हो । उनीहरु सबै जना भारतबाट फर्किएर क्वारेण्टाइनमा बसेका व्यक्ति हुन् । रुपन्देहीको बेलहिया नाकाबाट प्रदेश सरकारकै समन्वयमा आएर..

थप २७ जनामा कोरोना संक्रमण, काठमाडौंमा तिन, ललितपुर र भक्तपुरमा एक/एक जना संक्रमित

६ जेष्ठ, काठमाण्डौँ । आज थप २७ जनामा कोरोनाको संक्रमण देखिएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या चार सय २ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित मिडिया ब्रिफिङका क्रममा यसबारेमा जानकारी गराउनुभएको हो । देवकोटाकाअनुसार हालसम्म पिसिआर विधिबाट परीक्षण गरिएको संख्या ३२ हजार ६ सय चार पुगेको छ भने आरडिटीबाट ७४ हजार ६ सय ४९ को परीक्षण गरिएको छ । हालसम्म चार सय..

झापाका थप ९ जनामा कोरोना संक्रमण पुष्टि, प्रदेश–१ मा मात्र ११ संक्रमित फेला

६ जेष्ठ, झापा । आजमात्र प्रदेश–१ मा थप ११ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । झापाका ९ जनामा कोरोना संक्रमण देखिएको कोशी अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्राले पुष्टि गर्नुभयो । संक्रमितहरूमध्ये झापाको कचनकवल गाउँपालिकाका ९ जना र सुनसरीका दुई जना छन् । सुनसरीमा देखिएका दुई जनामध्ये एक जना सशस्त्र प्रहरी रहेको खुलेको छ । झापामा थपिएका संक्रमितहरू भारतबाट केही साता अगाडी मात्र नेपाल आएका हुन् । सोमबार(हिजो) पनि..

कपिलवस्तुमा आज थपिए ४ जना कोरोना संक्रमित

६ जेष्ठ, कपिलवस्तु । कपिलवस्तुमा आज थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मायादेवी गाउँपालिका ४ का ३ जना र वडा नं ३ का एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । मायादेवी गाउँपालिका ४ का ४०, ४२ र ४५ वर्षका पुरुष र वडा नं ३ का २० वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनुभयो । उनीहरु १४ दिनअघि भारतको मुम्बईबाट..

झापाका थप एक पुरुषमा कोरोना पुष्टि, दमकका संक्रमित निको भए

६ जेष्ठ, झापा । झापाको कचनकवलका एक जना पुरुषमा सोमवार कोरोना संक्रमण पुष्टि भएको छ । कचनकवल गाउँपालिका ६ बनियानी बस्ने २३ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिनुभयो । यो सँगै झापामा सङ्क्रमितको सङ्ख्या तीन पुगेको छ । यसअघि दमक र बाह्रदशीका पुरुषमा कोरोना संक्रमण देखिएको थियो । कचनकवलमा कोरोना पुष्टि भएका पुरुष गत शनिबार मात्र भारतबाट फर्किएका हुन ।..

नेपालमा कोरोना संक्रमित संख्या ३५७ पुग्यो

५ जेष्ठ, काठमाण्डौँ । देशमा कोरोना भाइरसको संक्रमित संख्या ३५७ पुगेको छ । पछिल्लो पटक ५३ जना व्यक्तिमा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटोल जानकारी दिनुभएको छ । संक्रमितमध्ये सबैभन्दा बढी बाराका छन् । बाराका मात्र ४७ जनामा संक्रमण भेटिएको छ । यसबाहेक मोरङ, गुल्मी, धनुषा, रौतहट, दाङसहितका जिल्लाका ६ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या ३५७ पुगेको..

नेपालमा थप ९ जना कोरोना संक्रमित, संक्रमित संख्या ३०४ पुग्यो

५ जेष्ठ, रौतहट । नेपालमा फेरि ९ जना कोरोना संक्रमित थपिएका छन् । रौतहटका ८ र बाराका १ जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहान जारी गरेको प्रेस विज्ञप्तिमा थप ९ जना नयाँ कोरोना संक्रमित फेला परेको जनाइएको हो । संक्रमित हुनेमा ८ पुरुष र एक महिला रहेका छज् । रौतहटको इशनाथ नगरपालिका वडा नम्बर २,३, ६ र ९ निवासी २१, २१, २३, २५, २५,..

प्रदेश–१ का थप ३ जनामा कोरोना संक्रमण, स्वास्थ्यकर्मी पनि संक्रमित

४ जेष्ट, विराटनगर । थप तीन जनामा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज साँझ ७ः५० बजे गरेको कोरोना अपडेटअनुसार तीन जनामा थप कोरोनाको संक्रमण देखिएको हो । उनीहरु तीनै जना प्रदेश नम्बर एकका हुन् । उनीहरुमध्ये दुई जना मोरङ र एक जना धनकुटाका हुन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीहरुको सम्पर्कमा नै रहेको पनि मन्त्रालयले जनाएको छ । प्रदेश १ का सामाजिक विकास..