८ जेष्ठ, झापा । पूर्वि जिल्लाहरु झापा, धनकुटा र सुनसरीका थप १७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
गएराति थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रदेश एक मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
झापाको कचनाकवल गाँउपालिकाका १५ र धनकुटा तथा सुनसरीका एक–एक जनामा कोरोना संक्रमण देखिएको हो ।
संक्रमितहरु कचनाकवल गाउँपालिकाको वडा नम्बर ३, ६ र ८का १८ , १८, १९, १९, २२, २३, २३, २५, २६, २६, २८, ३०, ३२, ३७ र ४६ वर्ष उमेरका पुरुषहरु रहेका छन् ।
यसैगरी धनकुटा निवासी ३४ वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिका निवासी ५१ वर्षीया महिलामा पनि कोराना पुष्टि भएको छ ।
थपिएका संक्रमितहरुसमेत गरि नेपालमा नेपालमा कोरोना संक्रमितको संख्या चार सय ४४ पुगेको छ ।
झापामा संक्रमितको संख्या २५ पुग्योः
झापामा मात्र संक्रमितको संख्या २५ पुगेको छ । गए राति पुष्टि भएका ५ जनासहित झापाको दक्षिणी सीमावर्ती कचनकवल गाउँपालिकाको क्वारेन्टाइनमा राखिएका १५ जना हुन् ।
त्यस्तै २ जना मध्ये एक धनकुटाका र एक धरानका हुन् । प्रदेश १ मा कोभिड—१९ पुष्टि भएको जम्मा संख्या ७६ रहेको छ । निको हुनेहरुको संख्या २६ पुगेको छ । हिजो मात्रै ८ जना निको भएर घर फर्किएका छन् ।