कपिलवस्तुमा आज थपिए ४ जना कोरोना संक्रमित

६ जेष्ठ, कपिलवस्तु । कपिलवस्तुमा आज थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मायादेवी गाउँपालिका ४ का ३ जना र वडा नं ३ का एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मायादेवी गाउँपालिका ४ का ४०, ४२ र ४५ वर्षका पुरुष र वडा नं ३ का २० वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनुभयो ।

उनीहरु १४ दिनअघि भारतको मुम्बईबाट आएर मायादेवी गाउँपालिकाको जनता प्रावि बलुहवाको क्वारेन्टाइनमा बस्दै आएका थिए ।

उनीहरूलाई बुटवल वा दाङको अस्पतालमा लैजाने तयारी गरिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ७९ पुगेको छ । हिजो मात्र एकैदिन ८० जनामा संक्रमण देखिएको थियो ।

नेपालमा अहिलेसम्म कोरोनाबाट दुई जनाको मृत्यु भएको छ भने ३७ जना निको भएका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270