प्रेस यूनियनद्धारा झापाका पत्रकारहरुको एक लाखको ‘कोरोना वीमा’

प्रेस यूनियनद्धारा झापाका पत्रकारहरुको एक लाखको ‘कोरोना वीमा’

८ जेष्ठ, झापा । नेपाल प्रेस यूनियन माइपश्चिम क्षेत्रीय समिति दमकले झापा जिल्लाको माइपश्चिम क्षेत्रमा क्रियाशील पत्रकारहरुको निशुल्क कोरोना वीमा गरिदिने भएको छ ।

यूनियनको क्षेत्रीय समितिले यस क्षेत्रमा क्रियाशील नेपाल पत्रकार महासंघमा आबद्ध र अन्य सक्रिय पत्रकार गरी दुई दर्जन बढी पत्रकारहरुको रु १ लाख रुपैँया सम्मको निशुल्क कोरोना वीमा गरिदिने भएको अध्यक्ष विष्णु सुब्बाले बताउनुभयो । उहाँका अनुसार वीमाका लागि दमकका सामाजिक तथा राजनीतिक व्यक्तित्व प्रकाश प्रसाईले सहयोग गर्नुहुने भएको छ ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसले देशसहित पत्रकारहरुमा समेत संक्रमण बढ्दै गएकाले उनीहरुको स्वास्थ्य सुरक्षामा सघाँउ पुरयाँउन बीमाको व्यवस्था गर्न लागिएको उहाँले बताउनुभयो । जोखिमका बाबजुद पनि सूचना संम्प्रेषण गर्न अहोरात्र खटिआएका श्रमजीवि पत्रकारहरुको स्वास्थ्य सुरक्षा प्रति यूनियन चिन्तित भएकाले वीमा कार्यक्रम ल्याएको उहाँले वताउनुभयो ।

विना भेदभाव क्रियाशीलका आधारमा निश्चित पत्रकारहरुको बिमा गरिने उहाँले जनाउनुभयो । बीमाको नियमअनुसार विमीतलाई एक वर्ष भित्रमा कोरोना संक्रमण देखिए इन्स्योरेन्सले उपचार खर्च वापत रु १ लाख दिने छन् ।

जिल्लामा पहिलोपटक यूनियनले यस क्षेत्रका क्रियाशील पत्रकारहरुका लागि बीमा कार्यक्रम सञ्चालनमा ल्याईएको यूनियनका जिल्ला उपाध्यक्ष गिरीराज भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270