रिपोर्ट नेगेटिभ आएपछि कोशी गाउँपालिकाको क्वारेन्टाइनबाट २० जनालाई घर पठाईयो

११ जेष्ट, सुनसरी । सुनसरीको कोशी गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २० जनालाई घर पठाईएकोे छ । कोशी गाउँपालिका–५ स्थित मदरसा दारुल होदा अल सल्फियाको क्वारेन्टाइनमा बसेका उनिहरुको कोरोना परिक्षणमा रिपोर्ट नेगेटि आएपछि घर पठाईएको हो । क्वारेन्टाइनमा बसेका मध्ये २० जनाको पिसिआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको थियो । अन्य २७ जनाको पिसीआर परीक्षणको रिपोर्ट आउन बाकि रहेको वडाध्यक्ष साहजमालले बताउनुभयो । सो क्वारेन्टाइनमा कुल ४७ जनालाई राखिएको थियो । जसमध्ये..

झापाका पत्रकाहरुको पिसिआर परिक्षण, सवैको रिपोर्ट नेगेटिभ

११ जेष्ठ, झापा । विभिन्न सञ्चारमाध्यममा आवद्ध झापाका पत्रकारहरुमा कोरोना भाइरस संक्रमणको आशंकामा गत बुधबार गरिएको पीसीआर परीक्षणको परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ । महामारी संक्रमणको उच्च जोखिममा पत्रकारहरु पनि रहेको भन्दै उनिहरुको स्वास्थ्य परिक्षण गरिएको नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटाले जानकारी दिनुभयो । महामारीको समयमा पनि फिल्डमा गएर रिपोर्टिङ गर्नु पर्ने भएपछि पत्रकारहरुको स्वास्थ्यलाई ख्याल गरेर झापाका विभिन्न सञ्चारमाध्यममा आवद्ध २५ जना पत्रकारहरुको पीसीआर विधिवाट स्वाब संकलन..

कोरोना संक्रमितको संख्या ५८४ पुग्यो, आजै ६८ संक्रमित थपिए

१० जेष्ठ, काठमाण्डौँ । शनिबार(आज) फेरि थप ३६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५८४ पुगेको छ । यसअघि आज बिहान पनि ३२ जना कोरोना संक्रमित थपिएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपरान्ह गरेको नियमित पत्रकार सम्मेलनमा थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएसँगै एकैदिन आज ६८ जनामा कोरोना संक्रमित थपिएका छन् । उता भक्तपुर नगरपालिका वडा नम्बर ९ की ४२ वर्षीया..

भातरको मुम्बईबाट आएका चुलाचलीका ४ जनालाई क्वारेन्टाईनमा राखियो

१० जेष्ठ, इलाम । भारतको मुम्बईबाट गत जेष्ठ ५ गते काँकडभिट्टा नाका हुँदै नेपाल प्रबेश गरेका ४ जनालाई विहिवार देखी इलामको चुलाचुलीस्थित क्वारेन्टाईनमा राखिएको छ । चुलाचुली– १ घर भएका उनीहरुलाइ चन्द्रगढीस्थित क्वारेन्टाईनमा रादिएको थियो । उनीहरुको आरडिटी परीक्षण नेगेटिभ आएपछि चुलाचुलीको क्वारेन्टाईनमा राखिएको चुलाचुलीका स्वास्थ्य प्रमुख दुस्यान्त दाहालले जानकारी दिनुभयो । उनीहरुलाई चन्द्रगढीबाट चुलाचुली ल्याउन एम्बुलेन्स चालकहरुले आनाकानी गरेपछि स्वास्थ्य प्रमुख दाहाल आफैँ भाडाको पिकअप लिएर जानुभएको थियो ।..

कोराना संक्रमितको शुरक्षित उपचारका लागि वीपी प्रतिष्ठानमा तयारी

१० जेष्ठ, सुनसरी । कोराना संक्रमित बढ्दै जाँदा यसको नियन्त्रण तथा कुनै अप्रिय घटना भए त्यसको व्यवस्थापनमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले तयारी सुरु गरेको छ । सक्रमितको उपचारसँगै मृत्युभएमा शव व्यवस्थापनको लागी समन्वय कसरी गर्ने विषयमा प्रतिष्ठानले शुक्रबार धरान उपमहानगरपालिकासँग छलफल गरेको छ । छलफलमा प्रदेश सरकार, स्थानिय सरकार, प्रतिष्ठान र सुरक्षा निकायसँगको समन्यवमा सक्रमितको मृत्यु भएमा व्यवस्थापन आपसी समन्वय गरेर अगाडी बढ्ने निर्णय भएको प्रतिष्ठानले जनाएको छ ।..

थप ३० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि, संक्रमितको कूल संख्या ४८७ पुग्यो

९ जेष्ठ, झापा । एकाविहानै ३० जनामा कोरोना भेटिएको छ । आज विहान थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या चार सय ८७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका संक्रमितहरु नवलपरासी, चितवन, कपिल वस्तु र सर्लाहीका रहेका छन् । नेपालमा थप ३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कूल संख्या ४८७ पुगेको छ । नवलपरासी विनय त्रिवेणी गाउँपालिका–६ निवासी..

आज थप ९ जनामा कोरोना पुष्टि, झापामा ८ संक्रमित थपिए

८ जेष्ठ, झापा । आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज अपरान्ह ४ बजे भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत प्रवक्ता डा. विकास देवकोटाले यो जानकारी गराउनुभएको हो । रुपन्देहीको लुम्बिनीका १ पुरुष र झापाका ८ जना पु्रुषमा कोरानो संक्रमण पुष्टि भएको देवकोटाले बताउनुभयो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५३ पुगेको छ । देवकोटाका अनुसार रुपन्देहीका संक्रमित पुरुष २७ वर्षीया हुन् भने, झापाका..

कोरोना संक्रमणका कारण विश्वभर ३ लाख २९ हजारभन्दा बढीको मृत्यु

८ जेष्ठ, काठमाण्डौँ । कोरोनाभाइरसका कारण विश्वभर ३ लाख २९ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ५० लाख नाघेको छ । वल्डोमिटरर्सको आज बिहानसम्मको तथ्यांक अनुसार ५० लाख ८४ हजार ९ सय १८ जनाका कोरोना देखिएको छ । भने ३ लाख २९ हजार ७ सय १८ ले कोरोना कै कारण ज्यान गुमाएका छन् । एकै दिन विश्वभरका १ लाख ६ हजार मानिस कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित..

झापा र सुनसरीका १६ जना संक्रमित पनि भारतबाटै आएका थिए

८ जेष्ठ, झापा । झापाको कचनकबल गाउँपालिकामा आज थपिएका १५ जना कोरोना संक्रमित पनि भारतबाटै नेपाल आएको पाइएको छ । भारतले मजदुर उद्धारका लागि रेल सेवा सुरु गरेपछि नेपाल छिरेका उनीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय, झापाका फोकल पर्सन जीवन चौंलागाईँका अनुसार, उनीहरु पछिल्लो एक साताको अवधिमा नेपाल छिरेका व्यक्ति हुन् । उनीहरुलाई सीमा क्षेत्रबाट सीधै क्वारेन्टाइनमा लगेर राखिएको थियो । ‘उहाँहरु बम्बई, दिल्लीलगायतका क्षेत्रबाट आउनुभएको..

सांसद् भट्टराईको पहलमा खोटाङ आईपुग्यो अत्यावश्यक स्वास्थ्य सामग्री

८ जेष्ठ, खोटाङ । प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग संग समन्वय गरेर आज आफ्नो निर्वाचन क्षेत्रमा स्वास्थ्य सामाग्री वितरण गर्नुभएको छ । उहाँ आफैले पहल गरेर ल्याएको स्वास्थ्य सामग्री जिल्ला अस्पताल खोटाङलाई हस्तान्तरण गर्नु भएको हो । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री सांसद भट्टराईले अस्पताल सञ्चालन तथा विकास समितिका अध्यक्ष एवम् जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङलाई हस्तान्तरण..