थप २७ जनामा कोरोना संक्रमण, काठमाडौंमा तिन, ललितपुर र भक्तपुरमा एक/एक जना संक्रमित

थप २७ जनामा कोरोना संक्रमण, काठमाडौंमा तिन, ललितपुर र भक्तपुरमा एक/एक जना संक्रमित

६ जेष्ठ, काठमाण्डौँ । आज थप २७ जनामा कोरोनाको संक्रमण देखिएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या चार सय २ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित मिडिया ब्रिफिङका क्रममा यसबारेमा जानकारी गराउनुभएको हो ।

देवकोटाकाअनुसार हालसम्म पिसिआर विधिबाट परीक्षण गरिएको संख्या ३२ हजार ६ सय चार पुगेको छ भने आरडिटीबाट ७४ हजार ६ सय ४९ को परीक्षण गरिएको छ । हालसम्म चार सय ५७ जना आईसोलेशनमा रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा तीन तथा भक्तपुर र ललितपुरमा एकएक जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै झापाका ९ जना, मोरङ र सुनसरीका एकएक जना, सर्लाहीका २ जना, मनवानपुर र रामेछाप, सिन्धुली र लमजुङका एकएक जना

कपिलवुस्तका चार र नवलपरासीका एक जनामा संक्रमण पुष्टि भएको छ ।

थपिएका कोरोना संक्रमित १७ देखि ४२ वर्ष उमेरका छन् ।

प्रदेशगत रुपमा सबैभन्दा धेरै संक्रमित प्रदेश ५ मा छन् । प्रदेश १ मा ५४, २ मा १३६, बाग्मतीमा २७ र गण्डकी प्रदेशमा ४ जना छन् भने प्रदेश ५ मा १७६, कर्णालीमा १ र सुदूरपश्चिम प्रदेशमा ५ जना छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर