सोलुखुम्बुमा कसरी पुग्यो कोरोना भाइरस ? ‘संक्रमितको ट्राभल हिस्ट्री छैन’

१५ जेष्ठ, सेलुखुम्बु । प्रदेश–१ को पहाडी जिल्ला सोलुखुम्बमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार(आज) जिल्लाको सोलुदुधकुण्ड नगरपालिकाका २७ बर्षिय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै प्रदेश–१ को ८ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् । अहिले सम्म प्रदेश भरीमा संक्रमितको संख्या १०५ पुगेको छ । संक्रमित युवकलाई विराटनगर स्थित कोशी अस्पताल (कोभिड १९ उपचार केन्द्र) पठाइएको सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाङगेल जाङ्बु शेर्पाले बताउनुभयो ।..

झापामा फेरी थपिए २५ जना कोरोना संक्रमित

१५ जेष्ठ, काठमाण्डौँ । नेपालमा आज थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १०४२ पुगेको छ । आजको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो जानकारी दिनुभएको हो । आज थपिएका मध्ये झापाका २५ जना रहेका छन् । उनिहरु सबै झापाको कचनाकवल गाउँपालिकाका रहेका छन् । उनिहरुको कोशी अस्पतालमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टिभएको हो । कचनकवल गाउँपालिकामै २५ जना थपिएसँगै झापामा कोरोना संक्रमितको संख्या ७९..

एक हजार नाघे कोरोना संक्रमित, थप १५६ जनामा संक्रमण पुष्टि

१५ जेष्ठ, काठमाण्डौँ । नेपालमा कोरोना संक्रमितको संख्या १००० नाघेको छ । आज थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १०४२ पुगेको बिहीबारको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । नेपालमा पहिलो पटक माघ १० मा चीनबाट आएका नेपाली विद्यार्थीमा कोरोना पुष्टि भएको थियो । संक्रमितको ९ सय ४० जना पुरुष र एक सय २ जना महिला छन् । डा. देवकोटाअनुसार अहिलेसम्म कोरोना संक्रमितहरु..

झापा कचनकवलका ४८ जना कोरोना संक्रमित सबै भारतबाट आएका

१५ जेष्ठ, झापा । झापाको कचनकवल गाउँपालिकामा भेटिएका ४८ जना कोरोना संक्रमित व्यक्तिहरु सबै भारतबाट आएको पाईएको छ । रोजगारीको क्रममा भारतको विभिन्न स्थानहरुमा कार्यरत उनिहरु रेल सेवा सुचारु भए लगत्तै केही साता अघि मात्र नेपाल प्रवेश गरेका थिए । हिजो बुधबारबार मात्र झापामा १७ जना कोरोना सङ्क्रमित पुष्टि भएसँगै कचनकवलमा मात्रै सङ्क्रमितको सङ्ख्या ४८ पुगेको हो । यसअघि कचनकवलमा ३३ जना कोरोना सङ्क्रमित भेटिएकोमा हिजो १५ जना नयाँ सङ्क्रमित..

आजमात्रै थपिए एक सय १४ जना कोरोना संक्रमित, एक सय ८३ जनाले कोरोना जिते

१४ जेष्ठ, झापा । नेपालमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण तीव्र रूपमा फैलिरहेको छ । आजमात्रै थप ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारी अनुसार बुधबार(आज) रौतहटमा ३५, बाग्लुङमा ६, मकवानपुरमा १, झापामा १७, बारामा ८, सप्तरीमा ११, दाङमा १५, सुर्खेतमा १५, बाँकेमा १६, सिरहामा २ र रूकुमपूर्वमा ३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । संक्रमितहरूमध्ये अधिकांश भारतबाट आएकाहरू छन् ।..

फेरी थपिए ६ जना कोरोना संक्रमित, चौंथो कोरोना संक्रमितको मृत्यु पुष्टि

१२ जेष्ठ, काठमाण्डौँ । आज थप ६ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित व्यक्तिहरू अछाम मेललेख गाउँपालिकाका ३२ वर्षीय पुरूष, बर्दिया गुलरिया–१० का २२ र २४ वर्षीय पुरूष, २ का १८ वर्षीय पुरूष, पर्सा जिराभवानी गाउँपालिकाका–४ का १८ वर्षीय पुरूष, काठमाडौं– १५ घर भएका कलैयामा कार्यरत २८ वर्षीय पुरूष रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै संक्रमितको संख्या ६ सय ८१ पुगेको छ । यसअघि आज बिहानै काठमाडौंका तीनसहित..

थप ७२ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ६७५ पुग्यो

१२ जेष्ठ, काठमाण्डौँ । आज मात्र थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप ७२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज फेला परेका नयाँ संक्रमितहरु काठमाडौं, रौतहट, बारा, कपिलवस्तु, दैलेखलगायतका जिल्लाका रहेका छन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या ६७५ पुगेको छ ।

चुलचाचुलीको क्वारेन्टाईनमा रहेका चार जनाको पिसिआर रिपोर्ट नेगेटिभ आयो

१२ जेष्ठ, इलाम । इलामको चुलचाचुली गाउँपालिकाको क्वारेन्टाईनमा रहेका ४ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । केही दिन अगाडी उनिहरुको स्वाब संकलन गरी परिक्षणका लागि पठाईएको थियो । त्यसमा चारै जना पुरुषको रिपोर्ट नेगेटीभ आएको चुलाचुली गाउँपालिकाका स्वास्थ्य प्रमुख दुष्यान्त दाहालले जानकारी दिनुभयो । भारतको मुम्वईबाट काँकडभिट्टा नाका हुदै नेपाल आएर जेष्ठ २ गते सम्म कलवलगुडी क्वारेन्टाईनमा बसेका उनिहरु जेष्ठ ५ गते चुलाचुली गाउँपालिका आएका थिए । उनिहरु १७..

पिसिआर रिपोर्ट नेगेटिभ आएपछि प्रहरी जवान ड्युटीमा

११ जेष्ठ, सुनसरी । सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षस्थित हवाई महलमा सुरक्षार्थ खटिएका १४ जना सशस्त्र प्रहरीको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । केही दिनअगाडि सोही स्थानमा कार्यरत एकजना सशस्त्र प्रहरी जवान कोरोना संक्रमित पाइएपछि त्यहाँ कार्यरत बाँकी १४ जना सशस्त्र प्रहरीको स्वाब संकलन गरी पिसिआर परिक्षणका लागि पठाईएको थियो । आज १४ जनै प्रहरीको रिपोर्ट नेगेटिभ आएको सीमा सुरक्षा बल सुनसरीका डिएसपी बालकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । उनीहरूको स्वास्थ्य..

थप १९ जनामा कोरोनाको संक्रमण देखियो, कुल संक्रमितको संख्या ६०३ पुग्यो

११ जेष्ठ, झापा । थप १९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ६०० नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार मोरङ बारादशी–३ का ४५ वर्षीय पुरुषमा संक्रमण देखिएको छ । यस्तै बारा, कलैयाका ३२ वर्षीय पुरुष, वीरगञ्जका २५ वर्षीय पुरुष, पर्सा घर भई बारामा कार्यरत ३४ वर्षीय पुरुष, पर्सा नागवाका ६० वर्षीय पुरुष, रौतहट घर भई कलैयामा कार्यरत ३२..