झापामा फेरी थपिए २५ जना कोरोना संक्रमित

१५ जेष्ठ, काठमाण्डौँ । नेपालमा आज थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १०४२ पुगेको छ । आजको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो जानकारी दिनुभएको हो । आज थपिएका मध्ये झापाका २५ जना रहेका छन् । उनिहरु सबै झापाको कचनाकवल गाउँपालिकाका रहेका छन् । उनिहरुको कोशी अस्पतालमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टिभएको हो । कचनकवल गाउँपालिकामै २५ जना थपिएसँगै झापामा कोरोना संक्रमितको संख्या ७९..

एक हजार नाघे कोरोना संक्रमित, थप १५६ जनामा संक्रमण पुष्टि

१५ जेष्ठ, काठमाण्डौँ । नेपालमा कोरोना संक्रमितको संख्या १००० नाघेको छ । आज थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १०४२ पुगेको बिहीबारको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । नेपालमा पहिलो पटक माघ १० मा चीनबाट आएका नेपाली विद्यार्थीमा कोरोना पुष्टि भएको थियो । संक्रमितको ९ सय ४० जना पुरुष र एक सय २ जना महिला छन् । डा. देवकोटाअनुसार अहिलेसम्म कोरोना संक्रमितहरु..

झापा कचनकवलका ४८ जना कोरोना संक्रमित सबै भारतबाट आएका

१५ जेष्ठ, झापा । झापाको कचनकवल गाउँपालिकामा भेटिएका ४८ जना कोरोना संक्रमित व्यक्तिहरु सबै भारतबाट आएको पाईएको छ । रोजगारीको क्रममा भारतको विभिन्न स्थानहरुमा कार्यरत उनिहरु रेल सेवा सुचारु भए लगत्तै केही साता अघि मात्र नेपाल प्रवेश गरेका थिए । हिजो बुधबारबार मात्र झापामा १७ जना कोरोना सङ्क्रमित पुष्टि भएसँगै कचनकवलमा मात्रै सङ्क्रमितको सङ्ख्या ४८ पुगेको हो । यसअघि कचनकवलमा ३३ जना कोरोना सङ्क्रमित भेटिएकोमा हिजो १५ जना नयाँ सङ्क्रमित..

आजमात्रै थपिए एक सय १४ जना कोरोना संक्रमित, एक सय ८३ जनाले कोरोना जिते

१४ जेष्ठ, झापा । नेपालमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण तीव्र रूपमा फैलिरहेको छ । आजमात्रै थप ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारी अनुसार बुधबार(आज) रौतहटमा ३५, बाग्लुङमा ६, मकवानपुरमा १, झापामा १७, बारामा ८, सप्तरीमा ११, दाङमा १५, सुर्खेतमा १५, बाँकेमा १६, सिरहामा २ र रूकुमपूर्वमा ३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । संक्रमितहरूमध्ये अधिकांश भारतबाट आएकाहरू छन् ।..

फेरी थपिए ६ जना कोरोना संक्रमित, चौंथो कोरोना संक्रमितको मृत्यु पुष्टि

१२ जेष्ठ, काठमाण्डौँ । आज थप ६ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित व्यक्तिहरू अछाम मेललेख गाउँपालिकाका ३२ वर्षीय पुरूष, बर्दिया गुलरिया–१० का २२ र २४ वर्षीय पुरूष, २ का १८ वर्षीय पुरूष, पर्सा जिराभवानी गाउँपालिकाका–४ का १८ वर्षीय पुरूष, काठमाडौं– १५ घर भएका कलैयामा कार्यरत २८ वर्षीय पुरूष रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै संक्रमितको संख्या ६ सय ८१ पुगेको छ । यसअघि आज बिहानै काठमाडौंका तीनसहित..

थप ७२ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ६७५ पुग्यो

१२ जेष्ठ, काठमाण्डौँ । आज मात्र थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप ७२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज फेला परेका नयाँ संक्रमितहरु काठमाडौं, रौतहट, बारा, कपिलवस्तु, दैलेखलगायतका जिल्लाका रहेका छन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या ६७५ पुगेको छ ।

चुलचाचुलीको क्वारेन्टाईनमा रहेका चार जनाको पिसिआर रिपोर्ट नेगेटिभ आयो

१२ जेष्ठ, इलाम । इलामको चुलचाचुली गाउँपालिकाको क्वारेन्टाईनमा रहेका ४ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । केही दिन अगाडी उनिहरुको स्वाब संकलन गरी परिक्षणका लागि पठाईएको थियो । त्यसमा चारै जना पुरुषको रिपोर्ट नेगेटीभ आएको चुलाचुली गाउँपालिकाका स्वास्थ्य प्रमुख दुष्यान्त दाहालले जानकारी दिनुभयो । भारतको मुम्वईबाट काँकडभिट्टा नाका हुदै नेपाल आएर जेष्ठ २ गते सम्म कलवलगुडी क्वारेन्टाईनमा बसेका उनिहरु जेष्ठ ५ गते चुलाचुली गाउँपालिका आएका थिए । उनिहरु १७..

पिसिआर रिपोर्ट नेगेटिभ आएपछि प्रहरी जवान ड्युटीमा

११ जेष्ठ, सुनसरी । सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षस्थित हवाई महलमा सुरक्षार्थ खटिएका १४ जना सशस्त्र प्रहरीको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । केही दिनअगाडि सोही स्थानमा कार्यरत एकजना सशस्त्र प्रहरी जवान कोरोना संक्रमित पाइएपछि त्यहाँ कार्यरत बाँकी १४ जना सशस्त्र प्रहरीको स्वाब संकलन गरी पिसिआर परिक्षणका लागि पठाईएको थियो । आज १४ जनै प्रहरीको रिपोर्ट नेगेटिभ आएको सीमा सुरक्षा बल सुनसरीका डिएसपी बालकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । उनीहरूको स्वास्थ्य..

थप १९ जनामा कोरोनाको संक्रमण देखियो, कुल संक्रमितको संख्या ६०३ पुग्यो

११ जेष्ठ, झापा । थप १९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ६०० नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार मोरङ बारादशी–३ का ४५ वर्षीय पुरुषमा संक्रमण देखिएको छ । यस्तै बारा, कलैयाका ३२ वर्षीय पुरुष, वीरगञ्जका २५ वर्षीय पुरुष, पर्सा घर भई बारामा कार्यरत ३४ वर्षीय पुरुष, पर्सा नागवाका ६० वर्षीय पुरुष, रौतहट घर भई कलैयामा कार्यरत ३२..

रिपोर्ट नेगेटिभ आएपछि कोशी गाउँपालिकाको क्वारेन्टाइनबाट २० जनालाई घर पठाईयो

११ जेष्ट, सुनसरी । सुनसरीको कोशी गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २० जनालाई घर पठाईएकोे छ । कोशी गाउँपालिका–५ स्थित मदरसा दारुल होदा अल सल्फियाको क्वारेन्टाइनमा बसेका उनिहरुको कोरोना परिक्षणमा रिपोर्ट नेगेटि आएपछि घर पठाईएको हो । क्वारेन्टाइनमा बसेका मध्ये २० जनाको पिसिआर परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको थियो । अन्य २७ जनाको पिसीआर परीक्षणको रिपोर्ट आउन बाकि रहेको वडाध्यक्ष साहजमालले बताउनुभयो । सो क्वारेन्टाइनमा कुल ४७ जनालाई राखिएको थियो । जसमध्ये..