झापाका थप ९ जनामा कोरोना संक्रमण पुष्टि, प्रदेश–१ मा मात्र ११ संक्रमित फेला

झापाका थप ९ जनामा कोरोना संक्रमण पुष्टि, प्रदेश–१ मा मात्र ११ संक्रमित फेला

६ जेष्ठ, झापा । आजमात्र प्रदेश–१ मा थप ११ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ ।

झापाका ९ जनामा कोरोना संक्रमण देखिएको कोशी अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्राले पुष्टि गर्नुभयो ।

संक्रमितहरूमध्ये झापाको कचनकवल गाउँपालिकाका ९ जना र सुनसरीका दुई जना छन् ।

सुनसरीमा देखिएका दुई जनामध्ये एक जना सशस्त्र प्रहरी रहेको खुलेको छ ।

झापामा थपिएका संक्रमितहरू भारतबाट केही साता अगाडी मात्र नेपाल आएका हुन् ।

सोमबार(हिजो) पनि गाउँपालिकाकै एक जना पुरूषमा संक्रमण देखिएको थियो ।

उनीहरुको कोशी अस्पताल विराटनगरकै प्रयोगशालामा पीसीआर परीक्षण गरिएको थियो ।

त्यहाँका एक युवकमा हिजो कोरोना पुष्टि भएको थियो । संक्रमण भएका युवकको टोलका ३३ जनाको कोशी अस्पतालमा परीक्षण गर्दा थप ९ जनामा पोजेटिभ देखिएको हो ।

त्यस्तै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरीका दुईजनामा कोरोना पोजेटिभ देखिएको छ ।

योसँगै कोरोना संक्रमितको संख्या ३ सय ९० पुगेको छ ।

आजै मात्र कपिलवस्तुमा ४ जना संक्रमित थपिएका हुन् । उनीहरू जिल्लाको मायादेवी गाउँपालिकाका हुन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270