झापाका थप एक पुरुषमा कोरोना पुष्टि, दमकका संक्रमित निको भए

झापाका थप एक पुरुषमा कोरोना पुष्टि, दमकका संक्रमित निको भए

६ जेष्ठ, झापा । झापाको कचनकवलका एक जना पुरुषमा सोमवार कोरोना संक्रमण पुष्टि भएको छ । कचनकवल गाउँपालिका ६ बनियानी बस्ने २३ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिनुभयो ।

यो सँगै झापामा सङ्क्रमितको सङ्ख्या तीन पुगेको छ । यसअघि दमक र बाह्रदशीका पुरुषमा कोरोना संक्रमण देखिएको थियो ।
कचनकवलमा कोरोना पुष्टि भएका पुरुष गत शनिबार मात्र भारतबाट फर्किएका हुन । उनीसँगै त्यो दिन पाठामारी नाकाबाट ३३ जना नेपाल प्रवेश गरेका थिए । उनीहरूलाई त्यही दिन स्वास्थ्य परीक्षण गरी पथरिया र लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा राखिएको छ ।

उनीहरू भारतमा रेल चलेपछि घर फर्किएका हुन् । उनीहरू सबै जना दिल्ली र मुम्बईबाट काम गरेर फर्केका युवाहरू भएको कचनकवल गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले जानकारी दिनुभयो । ती युवालाई पथरिया क्वारेन्टाइनमा राखिएको छ । उनीसहित ३३ जनाको स्वाब पिसिआरका लागि पठाएको थियो । त्यसमध्ये १० जनाको रिपोर्ट आएको हो । त्यसमा ति युवामा मात्र कोरोना संक्रमण देखिएको हो ।

२३ जनाको रिपोर्ट आउन बाँकी रहेको फकेल पर्सन चौलागाईले बताउनुभयो । कोरोना सङ्क्रमितलाई उपचारका लागि कोसी अस्पताल पठाइएको पनि उहाँले बताउनुभयो ।

यता कोरोना उपचार केन्द्र कोशी अस्पतालमा उपचाररत झापा दमकका ६२ वर्षीय देउमान मङ्ग्राती कोरोना जितेर घर फर्किएका छन् ।

अस्पताल भर्ना भएको २५ दिनपछि उनलाई सोमबार डिस्चार्ज गरिएको हो । पछिल्लो पटक गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर वस्नेतले जानकारी दिनुभयो ।

मङ्ग्रातीलाई गत वैशाख १२ मा भर्ना गरिएको थियो । उनी डिस्चार्ज भएसँगै नेपालमा कोरोनाबाट निको हुनेको संख्या ३७ पुगेको छ । जसमध्ये प्रदेश १ मा १८ जना कोरोना मुक्त भएका छन् ।

अहिले यो प्रदेशमा २२ जना उपचाररत छन् । उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270