५ जेष्ठ, काठमाण्डौँ । देशमा कोरोना भाइरसको संक्रमित संख्या ३५७ पुगेको छ । पछिल्लो पटक ५३ जना व्यक्तिमा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटोल जानकारी दिनुभएको छ ।
संक्रमितमध्ये सबैभन्दा बढी बाराका छन् । बाराका मात्र ४७ जनामा संक्रमण भेटिएको छ ।
यसबाहेक मोरङ, गुल्मी, धनुषा, रौतहट, दाङसहितका जिल्लाका ६ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कूल संक्रमितको संख्या ३५७ पुगेको छ । यसमा २ सय ९८ पुरुष तथा ५९ जना महिला रहेका छन् ।
देवकोटाका अनुसार सोमबार बाँकेमा ४६ पुरुष र एक महिला गरी ४७ जनामा संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
यसअघि दुईजना संक्रमितको मृत्यु भइसकेको छ ।