प्रहरीसंगको मिलेमतोमा स्वास्थ्य सामाग्री दोव्वार मुल्यमा विक्री गरिदैँ

९ भाद्र, धनकुटा । लकडाउनको मौका छोपेर तराईको विभिन्न ठाउँबाट धनकुटा लगायत कोशी पहाडी जिल्लाहरुमा आउने व्यापरीले चर्को मुल्यमा स्वास्थ्य सामाग्री विक्री गर्ने गरेको पाइएको छ । प्रहरीसंगको मिलेमतोमा उनिहरुले यो कार्य गरिरहेको खुलासा भएको हो । जिल्ला प्रशासन कार्यालय धनकुटामा स्थानिय पत्रकारहरु र जिल्लाका सुरक्षा निकायका प्रमुखहरु विच कोरोना भाइरसका कारण पछिल्लो समयमा जारी लकडाउनको प्रभावको विषयमा भएको छलफल कार्यक्रममा स्वास्थ्य सामाग्रीको खरिदमा तोकिएको भन्दा दोव्वर मुल्य अशुल्ने गरेकोे..

विपी प्रतिष्ठानमा थप एक कोरोना संक्रमितको मृत्यु

८ भाद्र , सुनसरी । सुनसरीको धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज दिँउसो एक कोरोना संक्रमित युवाको ज्यान गएको छ । सिराहा गोविन्दपूरका २२ वर्षीय युवाको उपचारको क्रममा आज मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बतउनुभयो । भाद्र २ गते प्रतिष्ठानमा भर्ना गरिएका उनलाई कोरोना देखिएपछि कोभिड अस्पतालमा रेफर गरिएको थियो । उनलाई विस्तारै श्वासप्रश्वासमा समस्या देखिन थालेपनि भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा आज दिउँसो ३ बजे मृत्युु भएको..

प्रदेश–१ मा ७० जनामा कोरोना संक्रमण पुष्टि

७ भाद्र, सुनसरी । प्रदेश–१ मा आज २७ महिला र ४३ पुरुष गरी ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सङक्रमितहरु मोरङमा ५०, झापामा १०, सुनसरीमा ९, र प्रदेश–१ बाहिरका चार जना रहेका छन् । विराटनगरमा आज ४२ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा १८ महिला र २४ पुरुष छन् । मोरङको बुढीगंगामा चार महिला र एक पुरुष, केराबारीमा दुई र स्थानीय तह नखुलेका एक पुरुषमा संक्रमण देखिएको छ ।..

आज थपिए ८ सय १८ कोरोना संक्रमित, ३ को मृत्यु

७ भाद्र, सुनसरी । आज देशभर आठ सय १८ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् । यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३१ हजार ९ सय ३५ पुगेको छ । त्यस्तै विगत २४ घण्टामा दुई सय ८१ जना कोरोनाबाट निको भइ घर फर्किएको उहाँले जानकारी दिनुभयो । यीसहित हालसम्म १८ हजार ६३१ जना कोरोनाबाट निको..

विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ३३ लाख नाध्यो

७ भाद्र, काठमाण्डौँ । विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ३३ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ३३ लाख ७७ हजार आठ सय छ नाघेको छ । आइतबार विहानसम्म विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या आठ लाख आठ हजार पाँच सय ८८ पुगेको छ भने कोरोना जित्नेको संख्या एक करोड ५९ लाख चार हजार दुई सय ८८ नाघेको छ । गत..

धनकुटाबाट पिसिआर परिक्षणका लागि पठाईएको ५६ जनाको रिपोर्ट नेगेटिभ

६ भाद्र, धनकुटा । धनकुटाको विभिन्न स्थानिय तहबाट कोरोना परिक्षणका लागि नमूना संकलन गरि पठाईएका मध्ये ५६ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । छथर जोरपाटी गाउँपालिकाका ११ जना, धनकुटा नगरपालिकाका ४७ मध्ये ४१ जना र पाख्रीवास नगरपालिकाका ४ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यलय धनकुटाले जनाएको छ । अव धनकुटा नगरपालिकाका ६ जना, शहिदभूमी गाउँपालिकाका ४८ जना, साँगुरीगढिका २४ जना र महालक्ष्मी नगरपालिकावाट आजै नमूना संकलन गरि पठाईएको..

धनकुटामा ७६ जनाको स्बाव संकलन, पिसिआर परिक्षणका लागि धरान पठाईयो

६ भाद्र, धनकुटा । धनकुटाका ७६ जनाको नमुना स्बाव संकलन गरि कोरोना जाँचका लागि धरान पठाइृएको स्वास्थ्य कार्यलय धनकुटाले जनाएको छ । साँगुरीगढी गाउँपालिकाका २४ जना, पाख्रिवास नगरपालिकाका ४ जना र शहिदभूमी गाउँपालिकाका कन्ट्याक्ट् ट्रेसिङका आधारमा ४८ जनाको नमुना संकलन गरि धरान स्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हिजो नै पठाईएको स्वास्थ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयो । उनिहरुको नतिजा भोली सम्ममा आउने सम्भावना रहेको उहाँको भनाई..

आज थपिए ६३४ कोरोना संक्रमित, ९ जनाको मृत्यु

६ भाद्र, काठमाण्डौँ । पछिल्लो २४ घण्टामा ६३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार पाँच सय १९ जनाको स्वाब परीक्षण गरिएको थियो । यससँगै कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ । यस्तै १८ हजार ३५० जना निको भइसकेका छन् भने १२ हजार ६२१ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये ८ हजार ७०५ संस्थागत र अरु होम आइसोलेसनमा छन् । यस्तै संक्रमणबाट आज मात्र..

प्रदेश–१ कोभिड उपचार केन्द्रमा भेन्टिलेटरसहितको स्वास्थ्य सेवा सुरु

४ भाद्र, विराटनगर । कोरोना संक्रमितलाई उपचारका लागि प्रदेश–१ कोभिड–१९ उपचार केन्द्र विराटनगरमा भेन्टिलेटरसहितको स्वास्थ्य सेवा सुरु गरिएको छ । कोभिड–१९ उपचार केन्द्र विराटनगरमा पाँच बेडको भेन्टिलेटर जडान गरिएको छ । कडा लक्षण सहितका कोरोना संक्रमितको संख्या बढेसँगै अस्पतालमा १० बेडको आईसीयूसहित भेन्टिलेटर सुविधा जडान गरिएको हो । अस्पतालमा दुई वटा स्थायी रुपमा र तीन वटा पोर्टेवल भेन्टिलेटर जडान गरिएको सामाजिक विकास मन्त्रालयका सचिव गोबिन्दबहादुर कार्कीले आज पत्रकार सम्मेलनमा जानकारी..

दमक सहित झापामा आज थपिए १८ जना संक्रमित

३ भाद्र, झापा । झापामा आज थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार संक्रमित हुनेहरुमा दमक नगरपालिकाका १३ जना पुरुष, जसमा तीन जना सशस्त्र प्रहरी, २ जना नेपाल टेलिकमका कर्मचारी र ८ जना स्थानीय रहेका छन् । यस्तै बाह्रदशी गाउँपालिकामा एक महिला र एक जना पुरुष, कचनकबल गाउँपालिका, कमल गाउँपालिका र बिर्तामोड नगरपालिकामा एक एक जना पुरुषमा संक्रमण पुष्टि भएको छ । योसँगै झापामा..