७ भाद्र, सुनसरी । आज देशभर आठ सय १८ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन् । यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३१ हजार ९ सय ३५ पुगेको छ ।
त्यस्तै विगत २४ घण्टामा दुई सय ८१ जना कोरोनाबाट निको भइ घर फर्किएको उहाँले जानकारी दिनुभयो । यीसहित हालसम्म १८ हजार ६३१ जना कोरोनाबाट निको भएका छन् । संक्रमितको कुल संख्यामा निको हुनेको संख्या ५८ प्रतिशत हो ।
यस्तै कोरोना भाइरस संक्रमणको कारण आज थप तीन जनाको मृत्यु भएको छ ।