आज थपिए १२२१ कोरोना संक्रमित, १४ जनाको मृत्यु

१४ भाद्र, काठमाण्डौँ । पछिल्लो २४ घण्टामा देशभर ३४८ महिला र ८७३ पुरुष गरी जम्मा १२२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिनुभएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३८,५६१ पुगेको छ । यस्तै आज कोरोना भाइरसको संक्रमणबाट १४ जनाको मृत्यु पुष्टि भएको छ । यो अहिलेसम्म एकै दिन मृत्यु पुष्टि भएको सर्वाधिक संख्या हो..

बी.पी.मा उपचाररत आमा र छोराको कोरोना संक्रमणका कारण मृत्यु

१४ भाद्र, झापा । सुनसरीको धरान उपमहानगरपालिकामा कोरोना संक्रमणले आमाछोराको एकै दिन मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि हिजो धरानस्थित बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएकी धरान–१७ की ७४ वर्षीया आमा र उनका ६० वर्षीय छोराको आज बिहान मृत्यु भएको हो । आमाको बिहान ८ः३० र छोराको ७ः४५ बजे मृत्यु भएको प्रतिष्ठानले विज्ञप्तिमार्फत जानकारी दिएको छ । आमाछोरा नै मधुमेह र उच्च रक्तचापको समस्या र अत्यधिक खोकी, श्वासप्रश्वासमा समस्या..

दमक सहित झापाका १९ जनामा कोरोना पुष्टि

१३ भाद्र, झापा । झापामा आज १९ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश–१ सामाजिक बिकास मन्त्रालयका अनुसार संक्रमित हुनेहरु दमकको मात्र १६ जना रहेका छन् । जसमा ७ महिला र ९ पुरुष रहेका छन् । यो सँगै दमकमा हाल कुल कोरोना संक्रमितको संख्या ९७ पुगेको छ । यस्तै झापा गाउँपालिकाका १ महिला र २ पुरुषमा कोरोना देखिएको छ । आज मात्र प्रदेश–१ मा आज १ सय १२ जना कोरोना..

एकै दिनमा धनकुटाका १९ जनामा कोरोना पुष्टि

१३ भाद्र, धनकुटा । आज एकै दिनमा धनकुटाका १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यलय धनकुटाका अनुसार प्रहरी १३, दुरसञ्चार कार्यलयका कर्मचरी ४, बैंकका कर्मचारी १ र धनकुटा ५ का १ जना सहित १९ जनामा संक्रमण पुष्टि भएको हो । आज संक्रमण पुष्टि भएकाहरुलाई जिल्ला अस्पताल धनकुटाको आईसोलेशनमा राखिएको स्वास्थ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाई जानकारी दिनुभयो । पछिल्लो पटक केरोना जाचका लागि पिसिआर नमूना संकलन..

आज थपिए ८८४ कोरोना संक्रमित, १२ जनाको मृत्यु

१३ भाद्र, काठमाण्डौँ । आज शनिबार थप ८ सय ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३७ हजार ३ सय ४० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार इलामका १, झापाका २०, धनकुटाका १९, मोरङका ३१, संखुवासभाका ३, सुनसरीका २४, धनुषाका ४९, पर्साका ७३, बाराका २१, महोत्तरीका २६, रौतहटका ५, सप्तरीका २, सर्लाहीका ८३, सिराहका २२, काठमाडौँका १५५, काभ्रेपलाञ्चोकका १९ र..

वीपीमा प्रतिष्ठानमा एक कोरोना संक्रमितको मृत्यु

१३ भाद्र, सुनसरी । सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना कोरोना संक्रमित बृद्धको मृत्यु भएको छ । सिरहाको भदैया घर भएका ८४ वर्षीय बृद्धको उपचारका क्रममा गएराति मृत्यु भएको हो । मृतकमा अत्याधिक खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या रहेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभयो । स्वास्थ्यमा समस्या भएपछि वृद्धलाई उपचारका लागि भाद्र ६ गते धरान ल्याइएको थियो । कोरोनाको आशंकामा उनको पीसीआर परीक्षण गराउँदा..

मोरङको लेटाङ नगरपालिका सिल

१२ भाद्र, मोरङ । मोरङको लेटाङ नगरपालिका सिल गरिएको छ । लेटाङ नगरपालिका एक वडामा एकै परिवारका चार जनालाई कोरोना संक्रमण देखिएपछि नगर क्षेत्र सिल गरिएको हो । कन्ट्रयाक ट्रेसिङ गर्नुपर्ने भएकाले नगरपालिकालाई सिल गरिएको नगरपालिका स्रोतले बताएको छ । १६ गते सम्मका लागि नगरपालिका सिल गरिएकोे हो । सिल गरिएको समयमा आकस्मिक स्वास्थ्य सम्बन्धी बाहेकका सबै कार्य बन्द गरिएको नगरपालिकाका प्रमुख शंकर राईले जानकारी दिनुभयो ।

आज थपिए ८८५ जना कोरोना संक्रमित, ११ को मृत्यु

१० भाद्र, काठमाण्डौँ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट एकै दिन ११ जनाको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार दुई महिला र नौं पुरुषको मृत्यु भएको हो । यो अहिलेसम्म एकै दिन दोस्रोपटक थपिएको सर्वाधिक मृतक संख्या हो । भदौमै यसअघि ११ जना मृतक संख्या थपिएका थिए । आज मृतक थपिएसँगै कुल मृत्यु हुनेको संख्या एक सय ७५ पुगेको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु..

विराटनगरमा थप एक कोरोना संक्रमितको मृत्यु

१० भाद्र, विराटनगर । कोरोना संक्रमणबाट विराटनगरमा एक जना संक्रमित महिलाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१५ की महिलाको मोरङको बूढीगंगा गाउँपालिका–२ स्थित विराट शिक्षण अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको विराट शिक्षण अस्पतालका प्रशासन प्रमुख सुधीर राठौरले जानकारी दिजुभयो । मृतक ४४ वर्षीया महिलाको श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि हिजो दिउँसो अस्पतालमा भर्ना गरिएको थियो । कोशी अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षण रिपोर्ट पोजेटिभ आएको केही बेर मै उपचाररत..

दमकका १८१ जनाको कोरोना रिपोर्ट नेगेटिभ आयो

९ भाद्र, झापा । झापाको दमक नगरपालिकाका १८१ जनाको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । सिआर जाँचका लागी पठाइएका २०९ मध्ये १८१ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको दमक नगरपालिकाका जनस्वास्थ्य निरिक्षक बद्री बरालले जानकारी दिनुभयो । पछिल्लो एक साता यता स्वाब परीक्षण गरिएका उनीहरुको रिपोर्ट आज आएको र ती मध्ये २८ जनाको रिपोर्ट भने आउन बाकी रहेको बताइएको छ । पछिल्ला दिनमा संक्रमण देखिएका बिद्युत प्राधिकरण कार्यालय, जीवन..