नेपालमा आज थपिए ५ सय २५ जना कोरोना संक्रमित

२९ श्रावण, काठमाण्डौँ । नेपालमा आज थप ५ सय २५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २४ हजार ९ सय ५७ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिनुभएको हो । आजसम्म १६ हजार ८ सय ३७ जना संक्रमणमुक्त भएका छन् । आज १०९ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिनुभयो । यस्तै मन्त्रालयले कोरोना सङ्क्रमितको उपचारमा खटिने..

दुहवीका थप ७ जनामा कोरोना संक्रमण पुष्टि

२७ श्रावण, सुनसरी । सुनसरीको दुहवीमा फेरी ७ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । दुहवी नगरपालिकाका ६ का ४ जना , ९ का १ जना, १० का १ जना र १२ का १ जनामा गरी ७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । हाल उनिहरुको स्वस्थ्य अवस्था समान्य रहेको र चाडै नै आईसोलेसनमा लैजाने तयारी भईरहेको दुहवी नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख विन्देशर प्रसाद महतोले बताउनुभयो । दुहवी नगरपालिकाले स्वाब..

गौरादह नगरपालिकाको तीन वटा वडा सिल

२७ श्रावण, झापा । कोरोना भाइरस समुदाय स्तरमा फैलिएको हुन सक्ने भन्दै झापाको गौरादह नगरपालिकाले गएरातिदेखि तीन वटा वडामा सिल गरेको छ । नगरपालिकाले वडा नं. ६,७ र ८ सिल गरेको हो । उक्त वडामा घरमा सशस्त्र प्रहरीसहित ५ जनामा हिजो सोमबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि समुदायस्तरमा संक्रमण फैलिएको हुन सक्ने भन्दै जोखिम नियन्त्रणका लागि ती वडा अनिश्चकालका लागि सिल गर्ने निर्णय भएको हो..

‘इनफ इज इनफ’ अभियानका अभियन्ताले अनसन तोडे

२५ श्रावण, काठमाण्डौँ । ‘इनफ इज इनफ’ अभियानका अभियन्ताले अनसन तोडेका छन् । अभियन्ताले २३ औं दिनमा आज विहान अनसन तोडेका हुन् । सरकारले कोरोना परीक्षणको दायरा बढाएको र कोरोना नियन्त्रणमा स्वास्थ्य मन्त्रालयले सकारात्मक पहल गरेको निष्कर्षसहित ‘इनफ इज इनफ’ अभियानका अभियन्ताले आज आमरण अनसन तोडेका हुन् । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीले अभियन्तालाई पानी पिलाएर अनसन तोडाउनुभएयो । आन्दोलनरत अभियान्ता र स्वास्थ्य मन्त्रालयबीच १२ बुँदामा सहमति भएको छ ।

गृहमन्त्री थापाको कोरोना परिक्षण रिपोर्ट ‘नेगेटिभ’

२४ श्रावण, काठमाण्डौँ । गृहमन्त्री रामबहादुर थापासहित उहाँको सुरक्षाकर्मी र राजनीतिक सल्लाहकारको कोरोना संक्रमण परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कोरोना सङक्रमित प्रदेश–२ का कानूनमन्त्री ज्ञानेन्द्र यादवको नजीकको सम्पर्कमा परेपछि बिहीबार स्वाब लिएर परीक्षण गरिएकामा उहाँको रिपोर्ट नेगेटिभ आएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिनुभयो । यही श्रावण १४ गते प्रधानमन्त्री केपी शर्मा ओली सहभागी एक कार्यक्रममा गृहमन्त्री थापासहित प्रदेशमन्त्री यादव सहभागी हुनुहुन्थ्यो । त्यसको पाँच दिनपछि मन्त्री यादवलाई..

आज ३७८ जनामा कोरोना पुष्टि, ४९९ जना संक्रमण मुक्त

२४ श्रावण, काठमाण्डौँ । बितेको २४ घण्टामा देशभर थप ३७८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आजको नियमित प्रेस ब्रिफिङका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ३७८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २२ हजार ५ सय ९२ पुगेको छ । पछिल्लो २४ घण्टामा ४९९ जना कोरोनाभाइरस संक्रमण मुक्त भएका छन् । योसँगै कुल निको हुने संख्या १६ हजार ३१३..

हाइड्रोका कर्मचारीमा कोरोना देखिएपछि सन्दकपुरमा ५० जनाको स्वाब संकलन

२४ श्रावण, इलाम । इलामको सन्दकपुर गाउँपालिकामा हाइड्रो मर्मत गर्न आएका कर्मचारीमा कोरोना देखिएपछि ५० जनाको स्वाब संकलन गरिएको छ । हाइड्रो पावरमा कार्यरत १० जना कर्मचारी सहित स्थानीयको गरी ५० को स्वाब संकलन गरेर परिक्षणका लागि पठाईएको प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताउनुभयो । त्यसैगरी इलाम नगरपालिका–२ पुवामझुवाका कोरोना संक्रमित शसस्त्र प्रहरीसंग सम्पर्कमा आएका ८ जना सहित ११५ जनाको पनि कोरोना परिक्षणका लागि स्वाब संकलन गरिएको छ । अहिले..

नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार नाध्यो, ७० जनाको मृत्यु

२३ श्रावण, काठमाण्डौँ । कोरोना भाइरसको संक्रमण देशभरका थप ४६४ जनामा पुष्टि भएको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमति पत्रकार सम्मेलनका क्रममा दिनुभएको जानकारी अनुसार ७ हजार ९ सय २६ पीसीआर परीक्षणमा ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै अहिलेसम्म कुल कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ । त्यस्तै आज ४ सय २५ जना उपचारपछि डिस्चार्ज भएका छन्..

वी.पी प्रतिष्ठानमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु

२३ श्रावण, सुनसरी । सुनसरीको धरान स्थित वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सिराहाको गोलबजार १२ का २५ वर्षीय युवालाई जनकपुरबाट रिफर गरेर धरान ल्याईएको थियो । उनको गए राती १०ः४५ बजे मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले बताउनुभयो । उनी मिर्गौलाका बिरामी थिए । उनको हप्तामा २, ३ पटक डाइलाइसिस गराउनुपथ्र्यो । सोही कारणले सिकिस्त अवस्थामा रहेकाको उनको..

झापाका अधिकांश विद्यालयहरु क्वारेन्टिन मुुक्त

२२ श्रावण, झापा । झापा जिल्लाका अधिकांश विद्यालय क्वारेन्टिन मुुक्त भएका छन् । सरकारले भाद्र १ गतेदेखि विद्यार्थी भर्ना र भाद्र १५ देखि विद्यालय सञ्चालनको तयारी थाले संगै झापाका सामुदायिक विद्यालय क्वारेन्टिन मुक्त हुँदै गएका हुन् । झापामा जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने गरी विद्यालय सञ्चालनको तयारी गरिएको छ । पाँच महिनापछि भाद्र १५ गतेबाट सञ्चालनको तयारी थालिएसंगै झापाका सामुदायिक विद्यालय क्वारेन्टिन मुक्त हुँदै गएको शिक्षा विकास तथा समन्वय..