७ भाद्र, सुनसरी । प्रदेश–१ मा आज २७ महिला र ४३ पुरुष गरी ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सङक्रमितहरु मोरङमा ५०, झापामा १०, सुनसरीमा ९, र प्रदेश–१ बाहिरका चार जना रहेका छन् । विराटनगरमा आज ४२ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा १८ महिला र २४ पुरुष छन् ।
मोरङको बुढीगंगामा चार महिला र एक पुरुष, केराबारीमा दुई र स्थानीय तह नखुलेका एक पुरुषमा संक्रमण देखिएको छ । त्यसै गरी झापाको कमल गाउँपालिकामा एक महिला दुई पुरुष, झापा गाउँपालिकामा एक पुरुष, बिर्तामोडमा दुई महिला कनकाईमा एक महिला, गौरादहमा दुई पुरुष र स्थानीय तह नखुलेका एक पुरुष, सुनसरीको इटहरीका एक महिला आठ पुरुष र धनुषाका एक पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।