स्वास्थ्य / जीवनशैली

काँग्रेस महामन्त्री शशांक कोइरालालाई कोरोना संक्रमण
२३ भाद्र, काठमाण्डौँ । नेपाली काँग्रेस महामन्त्री डा.शशांक कोइरालामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कोरोनाको आशंकामा स्वाब परीक्षण गर्दा उहाँको पिसिआर रिपोर्ट आज पोजेटिभ आएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिनुभयो । तिवारीका अनुसार कोइरालालाई हिजो ज्वरो आएपछि कोरोनाको आशंकामा सोमबार ह्याम्स अस्पतालमा परीक्षण गराउँदा रिपोर्ट बोर्डर लाइनमा देखिएको थियो । त्यसपछि पुनः स्वाव संकलन गरेर सानेपास्थित स्टार अस्पतालमा परीक्षणका लागि पठाइएमा रिपोर्ट पोजेटिभ आएको तिवारीले जानकारी दिनुभयो..

मिर्गाैला पिडित पदम कुमारी बेघाद्धारा आर्थिक सहयोगको याचना
२३ भाद्र, झापा । दमक नगरपालिका–५ प्रगति टोलकी पदम कुमारी बेघा विगत दुई बर्ष देखी मिर्गाैला, सुगर, थाइराईड, प्रेसर जस्ता रोगले थलिएर बसकी छिन् । आर्थिक अवस्था न्यून भएका कारण अहिले पदम कुमारी अस्पताल समेत जान सकेकी छैनन् । बिराटनगरको नोबेल अस्पतालमा उपचार गराउँदा भएको जायजेथा, पैसा पनि सकिएको उनका श्रीमान बुद्धराज मेयाङ्बोले बताए । आर्थिक समस्याकै कारणले आफ्ना श्रीमतीको स्वास्थ्य समस्या बढिरहेको भन्दै उनले सहयोगको अपिल पनि गरे ।..

आज थप ९७९ कोरोना संक्रमित थपिए, ११ जनाको मृत्यु
२२ भाद्र, काठमाण्डौँ । नेपालमा कोरोना भाइरसका आज ९ सय ७९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ४७ हजार २ सय ३६ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिनुभएको हो । आजसम्म ३० हजार ६ सय ७७ जना संक्रमणमुक्त भएका छन् । आज १७ सय ३६ जना संक्रमणमुक्त भएको डा।गौतमले जानकारी दिनुभयो । यसैबीच कोरोनाबाट बितेको २४ घण्टामा..

बीएण्डसी अस्पतालका एक डाक्टर सहित ११ नर्समा कोरोना संक्रमण
२१ भाद्र, झापा । झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालका एक डाक्टर र ११ जना नर्समा कोरोना भाइरसको संक्रमण पुष्टि भएको अस्पताल प्रसासनले जनाएको छ । संक्रमित सबै स्वास्थ्यकर्मी आइसोलेसनमा थिए । उनीहरुको बाहिरी कुनै सम्पर्क नरहेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिनुभयो । सबै स्वास्थ्यकर्मी आइसोलेसनमा बसेका कारण अस्पतालको सेवा भने नियमित हुने जनाइएको छ ।

कोरोना संक्रमणका कारण झापाका एकजना महिलाको मृत्यु
२१ भाद्र, झापा । कोरोना भाइरसको संक्रमणबाट झापाका थप एकजना महिलाको मृत्यु भएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेकी महिलाको मृत्यु भएको हो । झापाको कनकाई नगरपालिका–३ की ४५ वर्षीय महिलाको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

चुलाचुलीका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि, संक्रमितको ‘ट्राभल हिस्ट्री’ खोजिदैँ
२० भाद्र, इलाम । इलामको चुलाचुली गाउँपालिकामा पनि कोरोना संक्रमित व्यक्ति फेला परेका छन् । चुलाचुली–१ कमलका ३२ बर्षिय एक पुरुषको कोरोना परिक्षण पिसिआर रिपार्ट पोजिटिभ आएको चुलाचुलीका स्वास्थ्य शाखा प्रमुख दुस्यान्त दाहालले गृहखबरलाई जानकारी दिनुभयो । कोरोना परिक्षणका लागि ति व्यक्तिको स्वाब संकलन गरेर १० दिन अगाडी विराटनगर स्थित कोभिड १९ उपचार केन्द्र कोशी अस्पताल पठाईएको थियो । आज उनको रिपोर्ट पोजिटिभ आएको हो । संक्रमित व्यक्ति चुलाचुली देखी..

आज थपिए १ हजार ४१ कोरोना संक्रमित, ९ जनाको मृत्यु
२० भाद्र, काठमाण्डौँ । नेपालमा आज कोरोना भाईरसका एक हजार ४१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ४५ हजार दुई सय ७७ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिनुभएको हो । आजसम्म २७ हजार एक सय २७ जना संक्रमणमुक्त भएका छन् । आज १५ सय ६६ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिनुभयो । यसैगरी कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा थप..

रंगेलीको आइसोलेसन खाली
२० भाद्र, मोरङ । मोरङको रंगेली नगरपालिकाले कोरोना सङ्क्रमण पुष्टि भएका नागरिकलाई राख्नका लागि श्रावण २४ गते देखी संञ्चालनमा ल्याएको आइसोलेसन खाली भएको छ । हालसम्म रंगेलीमा एक सय २२ जनामा कोरोना संङ्क्रमण पुष्टि भएकोमा शनिवार सबै उपचारपछि कोरोना निको भई डिस्चार्ज भएर घर फर्किसकेका छन् । शनिवारदेखि जनता क्याम्पसको आइसोलेसन खाली भएको रंगेलीका स्वास्थ्य शाखा प्रमुख भुपेन्द्र मण्डलले जानकारी दिनुभयो । जनता क्याम्पसमा एक सय शैयाको आइसोलेसन बनाइएको छ..

बीपी प्रतिष्ठानमा थप एक कोरोना संक्रमितको मृत्यु
२० भाद्र, सुनसरी । सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचाररत थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार विराटनगर ११ का ४३ बर्षीया संक्रमित महिलाको उपचारको क्रममा मृत्यु भएको हो । भाद्र १७ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि उनलाई भाद्र १८ गते बिहान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना गरिएको थियो । उनको हिजो साँझ मृत्यु भएको प्रतिष्ठानले..

धनकुटामा स्थापना गरिएको आईसोलेशन सेन्टरमा विरामीको उपचार सुरु
१४ भाद्र, धनकुटा । धनकुटामा स्थापना गरिएको आईसोलेशन सेन्टरमा आज देखी कोरोना विरामीहरुको उपचार शुरु गरिएको छ । पूर्वी पहाडी जिल्लाहरुमा पहिलो पटक धनकुटाको निर्माणधिन औद्योगिक ग्राममा स्थापना गरिएको आईसोलेशन सेन्टरमा पछिल्लो पटक कोरोना संक्रमण पुष्टि भएका विरामीहरुको उपचार गर्न शुरु गरिएको धनकुटा स्वास्थ्य कार्यालयका प्रमुख तुलसी प्रसाद गुरागाईले वताउनुभयो । हिजो साझसम्म स्थापना गरिएको आईसोलेशन सन्टेरमा धनकुटा जिल्ला प्रहरी कार्यालयमा कार्यरत १३ जना प्रहरी, नेपाल टेलिकमका ४ जना कर्मचारी..