प्रदेश–१ का प्रहरी प्रमुख कार्कीलाई कोरोना संक्रमण

२३ भाद्र, काठमाण्डौँ । प्रदेश–१ का प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीलाई कोरोना पुष्टि भएको छ । तर प्रहरी कार्यालयले भने आधिकारिक रुपमा पुष्टि गरेको छैन । आज प्रदेश–१ को सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको संक्रमितको विवरणमा ५२ वर्षीय कार्कीको नाम पनि उल्लेख छ । ज्वरो आउने लगायत कोरोनासँग मिल्ने लक्षण देखिएपछि उहाँले हिजो बिहान पिसिआर परीक्षणका लागि स्वाब दिनुभएको थियो । प्रदेश–१ जनस्वास्थ्य प्रयोगशालामा गरिएको उहाँको पीसीआर परीक्षण रिपोर्ट आज..

काँग्रेस महामन्त्री शशांक कोइरालालाई कोरोना संक्रमण

२३ भाद्र, काठमाण्डौँ । नेपाली काँग्रेस महामन्त्री डा.शशांक कोइरालामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कोरोनाको आशंकामा स्वाब परीक्षण गर्दा उहाँको पिसिआर रिपोर्ट आज पोजेटिभ आएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिनुभयो । तिवारीका अनुसार कोइरालालाई हिजो ज्वरो आएपछि कोरोनाको आशंकामा सोमबार ह्याम्स अस्पतालमा परीक्षण गराउँदा रिपोर्ट बोर्डर लाइनमा देखिएको थियो । त्यसपछि पुनः स्वाव संकलन गरेर सानेपास्थित स्टार अस्पतालमा परीक्षणका लागि पठाइएमा रिपोर्ट पोजेटिभ आएको तिवारीले जानकारी दिनुभयो..

मिर्गाैला पिडित पदम कुमारी बेघाद्धारा आर्थिक सहयोगको याचना

२३ भाद्र, झापा । दमक नगरपालिका–५ प्रगति टोलकी पदम कुमारी बेघा विगत दुई बर्ष देखी मिर्गाैला, सुगर, थाइराईड, प्रेसर जस्ता रोगले थलिएर बसकी छिन् । आर्थिक अवस्था न्यून भएका कारण अहिले पदम कुमारी अस्पताल समेत जान सकेकी छैनन् । बिराटनगरको नोबेल अस्पतालमा उपचार गराउँदा भएको जायजेथा, पैसा पनि सकिएको उनका श्रीमान बुद्धराज मेयाङ्बोले बताए । आर्थिक समस्याकै कारणले आफ्ना श्रीमतीको स्वास्थ्य समस्या बढिरहेको भन्दै उनले सहयोगको अपिल पनि गरे ।..

आज थप ९७९ कोरोना संक्रमित थपिए, ११ जनाको मृत्यु

२२ भाद्र, काठमाण्डौँ । नेपालमा कोरोना भाइरसका आज ९ सय ७९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ४७ हजार २ सय ३६ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिनुभएको हो । आजसम्म ३० हजार ६ सय ७७ जना संक्रमणमुक्त भएका छन् । आज १७ सय ३६ जना संक्रमणमुक्त भएको डा।गौतमले जानकारी दिनुभयो । यसैबीच कोरोनाबाट बितेको २४ घण्टामा..

बीएण्डसी अस्पतालका एक डाक्टर सहित ११ नर्समा कोरोना संक्रमण

२१ भाद्र, झापा । झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालका एक डाक्टर र ११ जना नर्समा कोरोना भाइरसको संक्रमण पुष्टि भएको अस्पताल प्रसासनले जनाएको छ । संक्रमित सबै स्वास्थ्यकर्मी आइसोलेसनमा थिए । उनीहरुको बाहिरी कुनै सम्पर्क नरहेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिनुभयो । सबै स्वास्थ्यकर्मी आइसोलेसनमा बसेका कारण अस्पतालको सेवा भने नियमित हुने जनाइएको छ ।

कोरोना संक्रमणका कारण झापाका एकजना महिलाको मृत्यु

२१ भाद्र, झापा । कोरोना भाइरसको संक्रमणबाट झापाका थप एकजना महिलाको मृत्यु भएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेकी महिलाको मृत्यु भएको हो । झापाको कनकाई नगरपालिका–३ की ४५ वर्षीय महिलाको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

चुलाचुलीका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि, संक्रमितको ‘ट्राभल हिस्ट्री’ खोजिदैँ

२० भाद्र, इलाम । इलामको चुलाचुली गाउँपालिकामा पनि कोरोना संक्रमित व्यक्ति फेला परेका छन् । चुलाचुली–१ कमलका ३२ बर्षिय एक पुरुषको कोरोना परिक्षण पिसिआर रिपार्ट पोजिटिभ आएको चुलाचुलीका स्वास्थ्य शाखा प्रमुख दुस्यान्त दाहालले गृहखबरलाई जानकारी दिनुभयो । कोरोना परिक्षणका लागि ति व्यक्तिको स्वाब संकलन गरेर १० दिन अगाडी विराटनगर स्थित कोभिड १९ उपचार केन्द्र कोशी अस्पताल पठाईएको थियो । आज उनको रिपोर्ट पोजिटिभ आएको हो । संक्रमित व्यक्ति चुलाचुली देखी..

आज थपिए १ हजार ४१ कोरोना संक्रमित, ९ जनाको मृत्यु

२० भाद्र, काठमाण्डौँ । नेपालमा आज कोरोना भाईरसका एक हजार ४१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ४५ हजार दुई सय ७७ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिनुभएको हो । आजसम्म २७ हजार एक सय २७ जना संक्रमणमुक्त भएका छन् । आज १५ सय ६६ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिनुभयो । यसैगरी कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा थप..

रंगेलीको आइसोलेसन खाली

२० भाद्र, मोरङ । मोरङको रंगेली नगरपालिकाले कोरोना सङ्क्रमण पुष्टि भएका नागरिकलाई राख्नका लागि श्रावण २४ गते देखी संञ्चालनमा ल्याएको आइसोलेसन खाली भएको छ । हालसम्म रंगेलीमा एक सय २२ जनामा कोरोना संङ्क्रमण पुष्टि भएकोमा शनिवार सबै उपचारपछि कोरोना निको भई डिस्चार्ज भएर घर फर्किसकेका छन् । शनिवारदेखि जनता क्याम्पसको आइसोलेसन खाली भएको रंगेलीका स्वास्थ्य शाखा प्रमुख भुपेन्द्र मण्डलले जानकारी दिनुभयो । जनता क्याम्पसमा एक सय शैयाको आइसोलेसन बनाइएको छ..

बीपी प्रतिष्ठानमा थप एक कोरोना संक्रमितको मृत्यु

२० भाद्र, सुनसरी । सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचाररत थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार विराटनगर ११ का ४३ बर्षीया संक्रमित महिलाको उपचारको क्रममा मृत्यु भएको हो । भाद्र १७ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि उनलाई भाद्र १८ गते बिहान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना गरिएको थियो । उनको हिजो साँझ मृत्यु भएको प्रतिष्ठानले..