८ भाद्र , सुनसरी । सुनसरीको धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज दिँउसो एक कोरोना संक्रमित युवाको ज्यान गएको छ ।
सिराहा गोविन्दपूरका २२ वर्षीय युवाको उपचारको क्रममा आज मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बतउनुभयो ।
भाद्र २ गते प्रतिष्ठानमा भर्ना गरिएका उनलाई कोरोना देखिएपछि कोभिड अस्पतालमा रेफर गरिएको थियो । उनलाई विस्तारै श्वासप्रश्वासमा समस्या देखिन थालेपनि भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा आज दिउँसो ३ बजे मृत्युु भएको हो । उनी मुुटुुको दीर्घरोर्गीे व्यक्ति रहेको प्रतिष्ठानले जनाएको छ ।
योसँगै प्रदेश–१ मा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ । जसमा पाँच जना प्रदेश–२ का छन् भने तीन जना सुनसरी धरानका र १४ जना मोरङका हुन् ।