६ भाद्र, काठमाण्डौँ । पछिल्लो २४ घण्टामा ६३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा १२ हजार पाँच सय १९ जनाको स्वाब परीक्षण गरिएको थियो ।
यससँगै कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ ।
यस्तै १८ हजार ३५० जना निको भइसकेका छन् भने १२ हजार ६२१ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये ८ हजार ७०५ संस्थागत र अरु होम आइसोलेसनमा छन् ।
यस्तै संक्रमणबाट आज मात्र ९ जनाको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज थपिएकासहित कुल मृतकको संख्या एक सय ४६ पुगेको जानकारी दिनुभयो ।
आज मृत्यु हुनेहरुमा सुनसरीकी एक बालिका समेत छन् । सबैभन्दा बढी पर्सामा तीनजना पुरुषको मृत्यु पुष्टि भएको छ ।
मृत्यु हुनेमध्ये एक सय १४ पुरुष र ३२ महिला छन् । कुल मृतकमध्ये तीनजना विदेशी छन् । उनीहरुमध्ये दुईजना भारतीय र एकजना चिनियाँ नागरिक हुन् ।