नेपालमा कोरोना संक्रमण अवस्था भयावहः आज मात्र थपिए १०१६ जना संक्रमित

२ भाद्र, काठमाण्डौँ । नेपालमा कोरोना भाइरसको महामारी भयावह बनेको छ । आज अहिलेसम्मकै सर्वाधिक एक हजार १६ जना संक्रमित थपिएसँगै अवस्था भयावह बनेको हो । एकै दिन एक हजारभन्दा बढी संक्रमित थपिएपछि त्रास बढेको छ । अलिहेसम्म कुल संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिनुभएको हो । आजसम्म १७ हजार ५ सय ८०..

सूर्याेदय नगरपालिकाको क्वारेन्टिनमा मृत्यु भएका युवकको पिसिआर रिर्पाेट नेगेटिभ

१ भाद्र, इलाम । इलामको सूर्याेदय नगरपालिकाको क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना संक्रमण नभएको पाईएको छ । मृतकको पिसिआर रिर्पाेट नेगेटिभ आएको नगरपालिकाका कोभिड–१९ फोकल पर्सन विपुल अधिकारीले बताउनुभयो । सूर्याेदय नगरपालिकाको करफोक क्वारेन्टिनमा रहेका २२ वर्षीय युवकको गएराति मृत्यु भएको थियो । उनी भारतको हैदराबादबाट गत श्रावण २६ गते नेपाल आएर क्वारेन्टिनमा बस्दै आएका थिए । उनको गत श्रवण ३० गते स्वाब सङ्कलन गरी परीक्षणको लागि झापाको मेची अञ्चल..

आज एकै दिनमा थपिए ६ सय ४१ जना कोरोना संक्रमित

३२ श्रावण, काठमाण्डौँ । नेपालमा आज एकै दिनमा कोरोना भाइरसका ६ सय ४१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिनुभएको हो । आजसम्म १७ हजार ३ सय ३५ जना संक्रमणमुक्त भएका छन् । आज १३४ जना संक्रमणमुक्त भएको डा. गौतमले जानकारी दिनुभयो । यस्तै हालसम्म मृतकको संख्या..

दमक सहित झापाको ४ वटा स्थानिय तहमा लकडाउन घोषणा

३२ श्रावण, झापा । समुदायस्तरमै कोरोना संक्रमण फैलिएपछि आजदेखि झापाको दमक नगरपालिकाले एक साता लामो लकडाउनको घोषणा गरेको छ । दमक पूर्णरुपमा ठप्प भएको छ । मानिसहरुको हिड्डुलमा प्रतिबन्ध लगाएर जोखिम कम गर्न दबाब आईरहेका बेला नगरपालिकाले आजदेखि दमकमा एक साता लामो लकडाउन गरेको हो । दुई दिन अघि दमकमा एकैसाथ ६ जनामा संक्रमण देखिएपछि समुदायमा संक्रमण फैलिएको भन्दै संभावित जोखिम हुन नदिन लकडाउन गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले..

आज थप ४६८ जनामा कोरोना पुष्टि, मृत्यु हुनेको संख्या १०२ पुग्यो

३१ श्रावण, काठमाण्डौँ । आज थप चार सय ६८ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत पछिल्लो २४ घण्टामा चार सय ६८ जनामा कोरोना संक्रमण भएको जनाएका हुन् । उनकाअनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ११ हजार चार सय ४७ नमुना परीक्षण गरिएको थियो । आज थपिएका चार सय ६८ संक्रमितसँगै नेपालमा कुल संक्रमितको संख्या २६ हजार १९ पुगेको छ..

कोरोना कहरः कतै निषेधाज्ञा, कतै सेवा ठप्प

३१ श्रावण, काठमाण्डौँ । नेपालमा कोरोना संक्रमणले पछिल्लो समय भयावह स्थिती सृजना गरेको छ । समुदाय स्तरमा संक्रमण फैलिएपछि नियन्त्रण तथा रोकथाममा निकै कठिनाई भइरहेको छ । देशका विभिन्न स्थानमा निषेधाज्ञा र सेवा बन्द गर्न थालिएको छ । आज मात्रै पनि दर्जनौँ ठाउँमा विभिन्न सेवा बन्द तथा निषेधाज्ञादेखि लकडाउनसम्मको निर्णय गरिएको छ । झापाका दमक नगरपालिकाले विहान ८ बजेदेखी दिउसो ४ बजे सम्ममात्र पसल खोल्न अनुमती दिएको छ । मोटरसाईकलमा..

दुई दिनभित्र ल्याब संञ्चालनको अनुमति दिलाउने मुख्यमन्त्री राईको प्रतिबद्धता

३० श्रावण, झापा । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले जनस्तरबाट झापाको कनकाई नगरपालिका–४ कोटीहोममा स्थापित पिसिआर ल्याब दुई दिनभित्र अनुमति दिलाउने प्रतिबद्धता जनाउनुभएको छ । ‘एकका लागि एक’ अभियानको अगुवाइमा कोटीहोमको समर्पण राष्ट्रिय अभियानको भवनमा बनेको ल्याबको आज निरीक्षण गर्नु हुँदै मुख्यमन्त्री राईले यस्तो प्रतिबद्धता जनाउनुभएको हो । “जनस्तरबाट स्थापित यो ल्याबलाई एकदुई दिनभित्रै अनुमति दिएर सञ्चालनको वातावरण बनाउँछु”–मुख्यमन्त्री राईले भन्नुभयो, “यो हाम्रो ल्याब हो, यसलाई तत्काल सञ्चालन गरिने छ..

एकै दिनमा दमकका ६ जनामा कोरोना पुष्टि

३० श्रावण, झापा । झापाको दमकमा एकैपटक ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दमक नगरपालिका स्वास्थ शाखाका अनुसार संक्रमित मध्ये दमक–७ की एक स्थानिय महिला हुन् भने अन्य ५ जना नेपाल विद्युत प्राधिकरण दमक शाखाको कर्मचारी रहेको नगर स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईले जानकारी दिनुभयो । संक्रमित हुने प्राधिकरणका कर्मचारीमा एक महिला र ४ पुरुष छन् । जसमा महिला ४७ वर्षीया हुन भने दुई पुरुष ३४ वर्षीय, एक..

समुदायमा संक्रमण फैलिएपछि झापाको मेचीनगरमा कोरोना परिक्षण तिव्र

३० श्रावण, काठमाण्डौँ । झापाको मेचीनगर नगरपालिका क्षेत्रभित्र समुदायमा कोरोना भाइसको संक्रमण बढेंसँगै नगरपालिकाले समुदायस्तरमा पीसीआर परीक्षणलाई तीव्र पारेको छ । मेचीनगर नगरपालिकाक्षेत्रमा नगरपालिकाको तर्फबाट समुदायस्तरमा कोभिड संक्रमणको परीक्षण भईरहेका बखत श्रावण २४ गते भएको परीक्षणमा बुधबार एकैपटक समुदाय स्तरमा एक चिकित्सकसहित चारजनामा कोरोना संक्रमण फेला परेपछि नगरपाालिकाले समुदायस्तरमा पीसीआर परीक्षणलाई तीव्र पारेका हो । आज नगरका दुई अलग अलग स्थानमा समुदायस्तरमा पीसीआर परीक्षणका लागि एक सय ७५ जनाको स्वाव..

दमकमा आज देखी उच्च शुरक्षासर्तकता, नगर प्रवेशमा कडाई

३० श्रावण, झापा । कोरोना भाइरस समुदाय स्तरमा संक्रमण फैलिन सक्ने जोखिम भएको भन्दै झापाको दमक नगरपालिकाले आज देखि आंशिक लकडाउन गर्ने भएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समितिको हिजो बसेको बैठकले नगर भित्र जोखिम नियन्त्रणका लागि आज देखी दमक प्रवेशमा कडाई गर्नुका साथै पसलहरु समेत निश्चित समयसम्म मात्र खोल्न पाउने निर्णय गरेको छ । नगरपालिकाकी प्रवक्ता तथा उपमेयर गीता अधिकारीले विज्ञप्ति निकालेर नगर भित्र हुन सक्ने जोखिम..