६ भाद्र, धनकुटा । धनकुटाका ७६ जनाको नमुना स्बाव संकलन गरि कोरोना जाँचका लागि धरान पठाइृएको स्वास्थ्य कार्यलय धनकुटाले जनाएको छ । साँगुरीगढी गाउँपालिकाका २४ जना, पाख्रिवास नगरपालिकाका ४ जना र शहिदभूमी गाउँपालिकाका कन्ट्याक्ट् ट्रेसिङका आधारमा ४८ जनाको नमुना संकलन गरि धरान स्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हिजो नै पठाईएको स्वास्थ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयो ।
उनिहरुको नतिजा भोली सम्ममा आउने सम्भावना रहेको उहाँको भनाई छ । हिजो सम्मको जम्मा परिक्षण गरिएको एक हजार चार सय दुई जना रहेको मध्ये .१८ जनाको पोजेटिभ र एक हजार दुई सय ५० जनाको नतिजा नेगेटिभ आएको छ । एक सय ३४ जनाको रिपोर्ट आउन बाकी रहेको र सकृय संक्रमित एक जनाको विराटनगर कोभिड अस्पतालमा उपचार भईरहेको स्वास्थ्य कार्यलय धनकुटाले जनाएको छ ।