१३ भाद्र, धनकुटा । आज एकै दिनमा धनकुटाका १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यलय धनकुटाका अनुसार प्रहरी १३, दुरसञ्चार कार्यलयका कर्मचरी ४, बैंकका कर्मचारी १ र धनकुटा ५ का १ जना सहित १९ जनामा संक्रमण पुष्टि भएको हो ।
आज संक्रमण पुष्टि भएकाहरुलाई जिल्ला अस्पताल धनकुटाको आईसोलेशनमा राखिएको स्वास्थ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाई जानकारी दिनुभयो ।
पछिल्लो पटक केरोना जाचका लागि पिसिआर नमूना संकलन गरि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएका मध्ये शहिदभूमिका २१ र महालक्ष्मी नगरपालिकाका २१ जनाको रिपोर्ट नेगेटिभ प्राप्त भएको उहाँले वताउनुभयो ।
त्यस्तैगरि धनकुटा नगरपालिकाका संक्रमित व्यक्तिको सम्पर्कमा रहेका ४८ जनाको अघिल्लो पटक नमूना संकलन गरि पठाईएकोमा ३५ जनाको नेगेटिभ, १३ जनाको रिर्पाेट पोजिटिभ आएको र पछिल्लो पटक नमूना संकलन गरि पठाईएका ३७ जना मध्ये ३१ जनाको रिपोर्ट नेगेटिभ, र ६ जनाको पोजिटिभ आएको उहाँले स्पष्ट पार्नुभयो ।
आजसम्म जिल्लाको १ हजार ५ सय ९३ जनाको पिसिआर विधिवाट कोरोना जाँच गरिएका मध्ये ३९ जनाको पोजेटिभ र १ हजार ५ सय ५४ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
पोजिटिभ रिपोर्ट आएका मध्ये पनि १७ जना निको भएर फर्किसकेका छन भने यसअघि नै संक्रमण पुष्टि भएकाहरु मध्ये २ जनाको गोठगाउँ र १ जनाको कोभिड अस्पताल विराटनगरमा उपचार भईरहेको स्वास्थ्य कार्यलय धनकुटाले जनाएको छ ।