१० भाद्र, विराटनगर । कोरोना संक्रमणबाट विराटनगरमा एक जना संक्रमित महिलाको मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका–१५ की महिलाको मोरङको बूढीगंगा गाउँपालिका–२ स्थित विराट शिक्षण अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको विराट शिक्षण अस्पतालका प्रशासन प्रमुख सुधीर राठौरले जानकारी दिजुभयो ।
मृतक ४४ वर्षीया महिलाको श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि हिजो दिउँसो अस्पतालमा भर्ना गरिएको थियो । कोशी अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षण रिपोर्ट पोजेटिभ आएको केही बेर मै उपचाररत महिलाको मृत्यु भएको हो ।
कोरोनाका कारण हालसम्म विराटनगरका ११ जनाले ज्यान गुमाइसकेका छन् ।