आज थपिए ८८५ जना कोरोना संक्रमित, ११ को मृत्यु

आज थपिए ८८५ जना कोरोना संक्रमित, ११ को मृत्यु

१० भाद्र, काठमाण्डौँ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट एकै दिन ११ जनाको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार दुई महिला र नौं पुरुषको मृत्यु भएको हो । यो अहिलेसम्म एकै दिन दोस्रोपटक थपिएको सर्वाधिक मृतक संख्या हो । भदौमै यसअघि ११ जना मृतक संख्या थपिएका थिए ।

आज मृतक थपिएसँगै कुल मृत्यु हुनेको संख्या एक सय ७५ पुगेको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेमध्ये एक सय ३५ पुरुष र ४० महिला छन् । कुल मृतकमध्ये तीनजना विदेशी छन् ।

मृतकहरुमध्ये महोत्तरीमा सबैभन्दा बढी तीनजना छन् । मोरङ र भक्तपुरमा महिला एक एकजनाको मृत्यु भएको छ । मृतकहरुमा कैलाली र बाराका दुई दुई पुरुष, बाँके र काठमाडौंका एक एक पुरुष छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर संक्रमितको कुल संख्या ३४ हजार ४१८ पुगेको आजको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार पछिल्लो २४ घण्टामा ३८५ जना निको भएका छन् । जसमा प्रदेश नम्बर १ मा १ हजार ३ सय ५६, प्रदेश नम्बर २ मा ४ हजार ३ सय १५, बागमती प्रदेशमा ९ सय १९ र गण्डकी प्रदेशमा १ हजार ६ सय ५२ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

यस्तै प्रदेश नम्बर ५ मा ४ हजार ६ सय ५१, कर्णाली प्रदेशमा २ हजार १७ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ५ सय ९४ गरी आजसम्म १९ हजार ५ सय ४ जना डिस्चार्ज भएका छन् । यससँगै हालसम्म निको हुनेको कुल संख्या १९ हजार ५०४ पुगेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270