१३ भाद्र, झापा । झापामा आज १९ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश–१ सामाजिक बिकास मन्त्रालयका अनुसार संक्रमित हुनेहरु दमकको मात्र १६ जना रहेका छन् ।
जसमा ७ महिला र ९ पुरुष रहेका छन् ।
यो सँगै दमकमा हाल कुल कोरोना संक्रमितको संख्या ९७ पुगेको छ ।
यस्तै झापा गाउँपालिकाका १ महिला र २ पुरुषमा कोरोना देखिएको छ ।
आज मात्र प्रदेश–१ मा आज १ सय १२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४७, सुनसरीमा २४, झापा र धनकुटामा समान १९ जना, संखुवासभामा २ र प्रदेश–१ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।