१३ भाद्र, काठमाण्डौँ । आज शनिबार थप ८ सय ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३७ हजार ३ सय ४० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार इलामका १, झापाका २०, धनकुटाका १९, मोरङका ३१, संखुवासभाका ३, सुनसरीका २४, धनुषाका ४९, पर्साका ७३, बाराका २१, महोत्तरीका २६, रौतहटका ५, सप्तरीका २, सर्लाहीका ८३, सिराहका २२, काठमाडौँका १५५, काभ्रेपलाञ्चोकका १९ र चितवनका ५७ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै दोलखाका १, धादिङका ९, भक्तपुरका १२, मकवानपुरका ९, ललितपुरका १९, सिन्धुपाल्चोकका १, कास्कीका ३, नवलपरासी पूर्वका २३, लमजुङका २९, कपिलवस्तुका २, नवलपरासी पश्चिमका १०, गुल्मीका १, दाङका १९, बाँकेका २०, रुपन्देहीका १६, जाजरकोटका १, रुकुमपश्चिमका १, जुम्लाका १, दैलेखका १, सुर्खेत १०, कैलालीका १९, कञ्चनपुरका १७, दार्चुलाका ३, बझाङका २६ र बैतडीका २१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै कोरोना भाइरसबाट आज थप १२ जनाको मृत्यु पुष्टि भएको छ । मृत्यु हुनेहरुमा ३ महिला र ९ पुरुष छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या २ सय ७ पुगेको छ ।
यसअघि हिजोसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ९५ पुगेको थियो । झण्डै एक महिनायता संक्रमणबाट दैनिक मृतक थपिइरहेका छन् ।