सुनसरीमा आज ६७ जना कोरोना संक्रमित थपिए

६ असोज, सुनसरी । सुनसरीमा आज ६७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय सुनसरीका अधिकृत दीक्षा श्रेष्ठका अनुसार आज धरान उपमहानगरपालिकामा १४ पुरुष सहित १८ महिला गरी ३२ जना, इटहरी उपमहानगरपालिकामा ७ महिला ११ पुरुष सहित १८ जना र दुहबी नगरपालिकामा ५ महिला १२ पुरुष गरी १७ जना कोरोना सङ्क्रमित थपिएका छन् । आज थपिएका ६७ जना सँगै सुनसरी जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या १५३१ पुगेको यी मध्ये ८७७..

विराट मेडिकल कलेजमा ३७ वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु

५ असोज, सुनसरी । कोरोना संक्रमणका कारण विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आज एक महिलाको मृत्यु भएको छ । ताप्लेजुङ स्थायी ठेगाना भएकी ३७ वर्षीय महिलाको बिहान ९ः४५ बजे मृत्यु भएको हो । विराट मेडिकल कलेज शिक्षण अस्पतालका आइसोलेसन इञ्चार्ज सुनिल देवका अनुसार मृतक महिलामा कलेजो सम्बन्धि गम्भिर समस्या थियो । मृतक महिला भाद्र ३० गते विराट मेडिकल कलेजमा भर्ना भएकी थिइन् । महिलालाई आफन्तले सुरुमा नोबेल मेडिकल कलेजमा..

इलाम अस्पतालमा भेन्टिलेटर मेसिन जडान

४ असोज, इलाम । पुर्वी पहाडमा पहिलो पटक इलाम अस्पतालमा भेन्टिलेटर मेसिन जडान गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले इलाम अस्पताललाई दुई थान भेन्टिलेटर र दुई थान फोटो थेरापी मेसिन प्रदान गरेको हो । संविधानसभा अध्यक्ष सुवास चन्द्र नेम्बाङ पहलमा स्वास्थ्य मन्त्रालयबाट प्राप्त सामग्री शनिबार जिल्ला समन्वय समिति प्रमुख तथा इलाम अस्पताल प्रमुख गणेशप्रसाद बराललाई हस्तान्तरण गरिएको छ । सामग्री बुझ्दै प्रमुख बरालले स्वास्थ्य सेवामा इलाम अस्पताल पूर्वीपहाडमै..

विराटनगरमा कोरोना संक्रमित एक बृद्धको मृत्यु

२ असोज, सुनसरी । मोरङको विराट शिक्षण अस्पतालको आइसोलेसनमा एक कोरोना संक्रमित बृद्धको मृत्यु भएको छ । अस्पतालका आइसोलेसन इन्चार्ज सुनिल देवका अनुसार विराटनगर–१० का ६६ वर्षीय बृद्धको हिजो साँझ ५ को समयमा मृत्यु भएको हो । बिरामीमा ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिएपछि भाद्र ३० गते उपचारका लागि अस्पताल ल्याइएको उनमा मिर्गौला सम्बन्धी पुरानो समस्या रहेको इन्चार्ज सुनिल देवको भनाइ छ । स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि थप उपचारका..

प्रदेश–१ मा आज १३३ जना कोरोना संक्रमित थपिए

३१ भाद्र, सुनसरी । प्रदेश–१ मा आज बुधबार १३३ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ६९, मोरङमा ३४, झापामा २०, भोजपुरमा ५, उदयपुरमा १ र धनकुटामा १ र प्रदेश १ बाहिरका ३ जना रहेको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानमा १० महिला २२ पुरुष, इटहरीमा ७ महिला १९ पुरुष, गढी र कोशी गाउँपालिकामा ४–४ पुरुष, भोक्राहानरसिंहमा २ पुरुष, बराहक्षेत्रमा १ महिलाको रिपोर्ट पोजेटिभ..

दमकमा ८ सहित झापामा आज थपिए २३ जना कोरोना संक्रमित

३१ भाद्र, झापा । झापामा आज २३ जनामा कोरोना पुष्टि भएको छ । जिल्लाका ६ स्थानीय तहका ७ महिला र १६ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौलागार्इँले जानकारी दिनुभयो । बाह्रदशी गाउँपालिकाको ५ नम्बर वडामा २ महिला र ३ पुरुष गरी ५ स्थानीयमा कोरोना पुष्टि भएको छ । दमकको १, ४, ५, ८, ९ र १० नम्बर वडाका १ महिला र ७ पुरुष गरी..

बीपी प्रतिष्ठानमा कोरोना संक्रमित एक पुरूषको मृत्यु

३१ भाद्र, सुनसरी । वीपी प्रतिष्ठानको कोभिड अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मुत्यु हुनेमा सप्तरीको खडक नगरपालिका–३ का ३५ बर्षीय पुरुषको आज बिहान ६ः१० बजे मृत्यु भएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभयो । मृतकलाई विगत एक बर्ष देखी मृगौलाको समस्या थियो । हप्तामा २ पटक डाईलाईसिस हुने गरेकोे प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताउनुभयो । मृतकको शव व्यवस्थापन भइरहेको..

प्रदेश–१ मा आज ८६ कोरोना संक्रमित थपिए

२५ भाद्र, विराटनगर । प्रदेश–१ मा आज ८६ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा २३, संखुवासभामा २२, मोरङमा १६, झापामा १२, पाँचथरमा ४, भोजपुरमा ३, उदयपुर, इलाम र प्रदेश–१ बाहिरका २–२ जना रहेको प्रदेश–१ सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश–१ मा आज ५ जना कोरोना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या एक हजार ९५३ पुगेको छ । प्रदेश–१ मा आज एक हजार ५११ जनाको..

झापाको शिवसताक्षी नगरपालिका कार्यालय शिल

२४ भाद्र, काठमाण्डौँ । झापाको शिवसताक्षी नगरपालिकाका स्वास्थ्य संयोजकलाई कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिका कार्यालय शिल गरिएको छ । नगरपालिकामा आज बिहान बसेको बोर्ड बैठकले कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै एक साता नगरपालिका कार्यालय शिल गर्ने निणर्य गरेको वडा नं. ९ का वडाध्यक्ष छविलाल पाठकले जानकारी दिनुभयो । उहाँका अनुसार नगरका अन्य ११ वटैवडाहरु भने खुल्ला रहने छन् । कन्ट्रयाक्ट ट्रेटिङको क्रममा नगरका स्वास्थ्य संयोजक र वडा नं. ६ का..

प्रदेश–१ का प्रहरी प्रमुख कार्कीलाई कोरोना संक्रमण

२३ भाद्र, काठमाण्डौँ । प्रदेश–१ का प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीलाई कोरोना पुष्टि भएको छ । तर प्रहरी कार्यालयले भने आधिकारिक रुपमा पुष्टि गरेको छैन । आज प्रदेश–१ को सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको संक्रमितको विवरणमा ५२ वर्षीय कार्कीको नाम पनि उल्लेख छ । ज्वरो आउने लगायत कोरोनासँग मिल्ने लक्षण देखिएपछि उहाँले हिजो बिहान पिसिआर परीक्षणका लागि स्वाब दिनुभएको थियो । प्रदेश–१ जनस्वास्थ्य प्रयोगशालामा गरिएको उहाँको पीसीआर परीक्षण रिपोर्ट आज..