वीपीमा प्रतिष्ठानमा एक कोरोना संक्रमितको मृत्यु

वीपीमा प्रतिष्ठानमा एक कोरोना संक्रमितको मृत्यु

१३ भाद्र, सुनसरी । सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना कोरोना संक्रमित बृद्धको मृत्यु भएको छ ।

सिरहाको भदैया घर भएका ८४ वर्षीय बृद्धको उपचारका क्रममा गएराति मृत्यु भएको हो ।

मृतकमा अत्याधिक खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या रहेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभयो । स्वास्थ्यमा समस्या भएपछि वृद्धलाई उपचारका लागि भाद्र ६ गते धरान ल्याइएको थियो ।

कोरोनाको आशंकामा उनको पीसीआर परीक्षण गराउँदा ७ गते रिपोर्ट पोजेटिभ आएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर