भारतमा एकैदिन हालसम्मकै धेरै मानिसमा कोरोना पुष्टि

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ६७ हजार हजारभन्दा बढी कोरोनाका नयाँ संक्रमित थपिएकाे छ । भारतमा एकैदिन हालसम्मकै धेरै मानिसमा कोरोना भाइरस संक्रमित फेला परेकाे हाे । यो संख्या भारतमा एक दिनमै संक्रमित हुनेहरुमध्ये हालसम्मकै धेरै हो । यसअघि त्यहाँ जुलाई आठ तारिखमा सबैभन्दा बढी ६५ हजार १ सय ५६ जनामा संक्रमण पुष्टि भएको थियो । त्याे संख्यालाइ ब्रेग गर्दै भारतमा पछिल्लाे २४ घण्टामा ६७ हजार ६६ जनामा काेराेना..

भारतीय विदेश मन्त्रालयले भन्यो–‘बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका छैन’

२५ श्रावण, काठमाण्डौँ । भारतले गौतम बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका नभएको स्पष्ट पारेको छ । आज भारतको विदेश मन्त्रालयले भगवान बुद्धबारे धारणा सार्वजनिक गर्दै बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको उल्लेख गरेको हो । ‘गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएकोमा कुनै शंका छैन’ भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भारतको आधिकारिक धारणा सार्वजनिक गर्दै भनेका छन्, ‘विदेश मन्त्रीको सीआइआइको कार्यक्रममा व्यक्त धारणा हाम्रो साझा बैद्ध धर्म र त्यस सम्पदासँग सम्बन्धित छ ।’..

भारतको केरलामा बिमान दुर्घटनाः मृत्यु हुनेको संख्या १९ पुग्यो

२४ श्रावण, नयाँदिल्ली । भारतको केरलामा एयर इन्डियाको बिमान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १९ पुगेको छ । हिजो साँझ दुबईबाट केरलाको कोजीकोडी विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गमा दुई टुक्रा भएर दुर्घटनाग्रस्त भएको विमानमा पाइलटसहित यात्रुहरुको मृत्यु भएको हो । भारतीय सञ्चारमाध्यम ‘ईण्डिया टुडे’का अनुसार घाइतेहरुको नजिकैको अस्पतालहरुमा उपचार भइरहेको छ । भारतीय समय अनुसार साँझ सवा आठ बजेको समयमा दुर्घटना भएको थियो । बिमानमा जम्मा १९१ जना सवार रहेका..

श्रीलंकाको निर्वाचनमा महिन्दा राजपाक्षको पार्टीलाई स्पष्ट बहुमत

२३ श्रावण, काठमाडौं । श्रीलंकाको संसदीय निर्वाचनमा हालका कार्यकारी प्रधानमन्त्री महिन्दा राजपाक्षको पार्टी श्रीलंका श्रींलका पिपल्स फ्रन्ट (एसएलपीपी) ले बहुमत हासिल गरेको छ । आज सार्वजनिक गरिएको अन्तिम मत परिणाम अनुसार एसएलपीपीले २२५ सिटमध्ये १४५ सिटमा जित हासिल गरेको हो । यो निर्वाचनमा ७५ प्रतिशत मतदाताले आफ्नो मताधिकार गरेको बताइएको छ । एसएलपीपीको प्रमुख प्रतिपक्षी दलले केवल ५४ सिटमा जित हासिल गरेको छ । यो निर्वाचनको परिणाम अनुसार अहिलेका कार्यकारी..

भारतीय प्रधानमन्त्री मोदी अयोध्याका प्रस्थान

२१ श्रावण, काठमाण्डौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी राजधानी नयाँ दिल्लीबाट अयोध्याका लागि प्रस्थान गरेका छन् । उनी भारतीय वायुसेवाको विमानबाट लखनउ उडेका हुन् । बाबरी मस्जिदका लागि अन्यत्रै जग्गा उपलब्ध गराउने गरी लामो समयदेखिको स्वामित्व विवादलाई भारतिय अदालतले सर्वोच्च अदालतले सल्ट्याइदिएपछि अयोध्यामा राम मन्दिर बन्दै छ । उक्त मन्दिरको शिलान्यासका लागि मोदी अयोध्या जाने हिडेका हुन् । मोदी अयोध्या जाने भएपछि अवाञ्छित र आतंकी घुसपैठ नहोस् भनेर सीमामा समेत..

लेबनानको राजधानी बेरुतमा बिस्फोटः ७० को मृत्यु, हजारौं घाइते

२० श्रावण, काठमाण्डौँ । लेबनानको एक गोदाममा बिष्फोट हुँदा ७० जनाको मृत्यु भएको छ । विष्फोटमा परि चार हजार भन्दा वढी घाइते भएका छन् । लेवनानको राजधानी बेरुतमा बिष्फोटक पदार्थले भरिएको एक गोदाममा बिस्फोट भएको बताईएको छ । मारिनेनमा बीबीसीका एक पत्रकार पनि रहेका छन् । गोदाममा २७ सय ५० टन अमोनियम नाइट्रेट असुरक्षित रुपमा भण्डारण गरिएको खुलासा भएको छ । लेवननका राष्ट्रपति मिशेल अउनले घटना निकै निन्दनीय भएको भन्दै..

भारतको आसाममा बाढी–पहिरोका कारण १ सय ११ जनाको मृत्यु

६ श्रावण, काठमाण्डौँ । भारतीको आसाम राज्यमा परेको अविरल वर्षा र त्यसपछिको बाढीले १ सय ११ जना स्थानीय नागरिकको ज्यान लिएको छ । राज्यका अधिकारीहरुले त्यहाँ जनधनको ठूलो क्षति भएको बताएका छन् । आसाममा गएका केही दिनयता देखि अविरल वर्षा जारी छ । त्यसैले यहाँ अझै ठूलो क्षति हुन सक्ने त्रास रहेको पनि बताइएको छ । आसाममा आज बिहानसम्म मृत्यु हुनेको संख्या १ सय ११ पुगेको आसाम राज्य विपद् व्यवस्थापन..

राम जन्मभूमि अयोध्याबारे भारतमै विवाद !

३० असार, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मभूमि भारतमा नभई नेपालमै रहेको दावी गरेपछि विभिन्न टिकाटिप्पणी सुरु भएका छन् । सामाजिक सञ्जालमा विभिन्न टिप्पणी आएका छन् । तर राम जन्मभूमि अयोध्याबारे भारतमै व्यापक विवाद छ । लामो समय अयोध्याको विवादित क्षेत्रमाथि अदालतले सुनुवाई गरेको छ । मुस्लिमहरुको प्रख्यात बाबरी मस्जिद र हिन्दूहरुको राम मन्दिरबारे लामो समय विवाद चल्यो । अदालतले तथ्य र प्रमाणको आधारमा भन्दा पनि बहुसंख्यकवादका आधारमा..

प्यालेस्टिनी भूमि इजरायलमा गाभ्ने योजना स्थगित गर्न फ्रान्सको आग्रह

२७ असार, काठमाण्डौँ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रोले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई पश्चिम किनाराको प्यालेस्टिनी भूमि इजरायलमा गाभ्ने योजना अघि नबढाउन सुझाव दिएका छन् । फ्रान्सेलका राष्ट्रपतिको कार्यालयका अनुसार दुबै नेताबीच भएको टेलिफोन सम्बादका क्रममा राष्ट्रपति म्याँक्रोले उक्त सो योजना अघि नबढाउन सुझवा दिएका हु्न् । राष्ट्रपति म्याँक्रोले इजरायलको सो कदम अन्तर्राष्ट्रिय कानुनको बर्खिलाफ हुने तथा प्यालेस्टाइन र इजरायलबीच दिगो शान्तिका लागि दुई–राज्य समाधानमा खतरा उत्पन्न बताएको अन्तराष्ट्रि संञ्चारमाध्यमले उल्लेख..

चिनिया नियन्त्रणमा रहेका १० भारतीय सैनिक रिहा

५ आश्विन, एजेन्सी । भारत–चीन सीमाको गल्वान उपत्यकामा भएको सैन्य झडपका क्रममा चिनियाँ सैनिकको नियन्त्रणमा पुगेका १० भारतीय सैनिकलाई चीनले रिहा गरेको छ । सोमबार सीमा विवादलाई लिएर दुबै सैनिकबीच झडप हुँदा २० सैनिकले त्यहाँ ज्यान गुमाएका थिए । दुबै देशकाबीच उच्च तहमा भएको कयौं चरणको छलफलपछि उनीहरूलाई रिहा गरिएको हो । ती सैनिकहरूलाई बिहीबार अबेर रिहा गरिएको समाचार एजेन्सीहरुले जनाएका छन् । भारत सरकारले यसबारेमा कुनै प्रतिक्रिया नदिए पनि..