काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ६७ हजार हजारभन्दा बढी कोरोनाका नयाँ संक्रमित थपिएकाे छ । भारतमा एकैदिन हालसम्मकै धेरै मानिसमा कोरोना भाइरस संक्रमित फेला परेकाे हाे ।
यो संख्या भारतमा एक दिनमै संक्रमित हुनेहरुमध्ये हालसम्मकै धेरै हो । यसअघि त्यहाँ जुलाई आठ तारिखमा सबैभन्दा बढी ६५ हजार १ सय ५६ जनामा संक्रमण पुष्टि भएको थियो । त्याे संख्यालाइ ब्रेग गर्दै भारतमा पछिल्लाे २४ घण्टामा ६७ हजार ६६ जनामा काेराेना पुष्टी भएकाे हाे ।
कोरोना संक्रमणबाट सबैभन्दा धेरै प्रभावित हुने देशहरुको सूचिको तेस्रो स्थानमा रहेको भारतमा संक्रमण पुष्टि भएकाहरुको संख्या २३ लाख ९५ हजार नाघेको छ भने ४७ हजार एक सय ३८ जनाकाे मृत्यु भइसकेकाे वल्डाेमिडरले जनाएकाे छ ।
बुधबार विश्वभर २ लाख ७४ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।