लेबनानको राजधानी बेरुतमा बिस्फोटः ७० को मृत्यु, हजारौं घाइते

लेबनानको राजधानी बेरुतमा बिस्फोटः ७० को मृत्यु, हजारौं घाइते

२० श्रावण, काठमाण्डौँ । लेबनानको एक गोदाममा बिष्फोट हुँदा ७० जनाको मृत्यु भएको छ ।

विष्फोटमा परि चार हजार भन्दा वढी घाइते भएका छन् । लेवनानको राजधानी बेरुतमा बिष्फोटक पदार्थले भरिएको एक गोदाममा बिस्फोट भएको बताईएको छ ।

मारिनेनमा बीबीसीका एक पत्रकार पनि रहेका छन् । गोदाममा २७ सय ५० टन अमोनियम नाइट्रेट असुरक्षित रुपमा भण्डारण गरिएको खुलासा भएको छ ।

लेवननका राष्ट्रपति मिशेल अउनले घटना निकै निन्दनीय भएको भन्दै घटनामा संलग्न जो कोहीलाई पनि कडा कारबाही गरिने चेतावनी दिएका छन् ।

घटना लगत्तै ट्वीट गर्दै राष्ट्रपति मिसेलले घटनाको बारेमा गम्भीर अनुसन्धान थालिने प्रतिक्रिया दिए ।

घटना पछी लेवननमा तीन दिवसीय शोक अवधि घोषणा गरिएको छ ।

यसका लागि देशको आपतकालिन कोषबाट ६ करोड ६० लाख अमेरिकी डलर बराबरको रकम निकासा गरिने छ ।

यसैबीच लेवननका प्रधानमन्त्री हसल दीबले घटना निकै गम्भीर भएको वताउदै जिम्मेवार जो कोही कानुनको भागीदार हुनुपर्ने जनाउनु भएको छ ।

बिष्फोटका कारण बेरुत वरिपरिका भवनहरु पुर्ण रुपमा ध्वस्त भएका छन् ।

अधिकारीका अनुसार भारी बिस्फोटक पदार्थ भण्डार गरिएको एक गोदाममा बिस्फोट भएको हो । राष्ट्रपति माइकल इयोनले ट्वीट गर्दै २ हजार ७ सय ५० टन बिस्फोटक नाइट्रेट असुरक्षित तरिकाले भण्डारण गर्नु अस्विकार्य भएको बताएका छन् । बिस्फोट कसरी भयो यसको अनुसन्धान जारी छ ।

उक्त बिस्फोटक नाइट्रेट सन् २०१४ देखि नै भण्डार गरिएको थियो । समाचार एजेन्सी एएफपीसँग एक प्रत्यक्षदर्शीले वरिपरिका सबै भवन ध्वस्त भएको र चारैतिर सिसा र भग्नावशेष भएको जानकारी दिएका छन् । बिस्फोटको आवाज पूर्वी भूमध्यसागरमा २४० किलोमिटर टाढा साइप्रससम्म सुनिएको थियो ।

यो बिस्फोट सन् २००५ मा लेबनानका पूर्व प्रधानमन्त्री रफिक हरिरीको हत्याको अनुसन्धान र अदालती सुनुवाईको निर्णय आउनु ठिक अघि भएको हो ।

बिस्फोट शहरको तटीय इलाकामा भएको हो । अनलाइन पोस्ट गरिएको भिडियोमा बिस्फोटको दृश्य निकै भयानक छ । आगोका लप्का निकै माथिसम्म उठिरहेको देख्न सकिन्छ ।

स्रोतः एजेन्सी

प्रतिक्रिया:

सम्बन्धित खवर