चिनियाँ सेनासँगको झडपमा भारतीय तीन सैनिकको मृत्यु, चिन भन्छः भारतीय सेनाले सीमारेखा नाघ्यो

२ आश्विन, काठमाण्डौँ । भारत र चीनबीचको विवादित सीमा क्षेत्र लद्दाखमा भएको झडपमा तीन जना भारतीय सैैनिकको ज्यान गएको छ । भारतीय सेना र चिनियाँ सेनाबीचको झडपमा एक जना कर्णेल र तीन जना सैनिक मारिएको भारतीय सेनाले पुष्टि गरेको बीबीसीले जनाएको छ । पूर्वी लद्दाख क्षेत्रको चार विवादित ठाउँ मध्ये गाल्वान उपत्यकामा भारतीय र चिनियाँ सैनिकको भिडन्त भएको भारतीय रक्षा मन्त्रालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ । केही समयअघि भारतीय..

वार्ताबाट नै नेपाल–भारत सिमा विवाद टुंगोमा पुर्याउनु पर्छः भारतीय रक्षामन्त्री सिंह

१ आश्विन, मुम्वई । भारतका रक्षामन्त्री राजनाथ सिंहले लिपुलेक सडकबारे नेपालसँग बढेको असमझदारीको संवादको माध्यमबाटै समाधान खोजिने बताएका छन् । उत्तराखण्ड जनसंवाद नामक कार्यक्रममा बोल्दै उनले भारतले लिपुलेक हुँदै चीनको मानसरोवरसम्म जाने बाटो निर्माण गरेको तर यसबाट नेपालमा ‘गलतफहमी’ बढेको उल्लेख गरे । भारतीय रक्षामन्त्री सिंहले नेपालसँगको सम्बन्ध अरु देशको जस्तो नभएको जिकिर गर्दै यो सम्बन्ध सामान्य खालको नभई ‘रोटी बेटी स्तरको’ भएकाले बसेर संवादमार्फत हल खोजिने स्पष्ट पारे ।..

अमेरिकी प्रर्दशनकारीको निशानामा महासामन्तका सालिकहरुः कोलम्बस, गान्धी, चर्चिल लगायतको मुर्ती तोडफोड

३१ जेष्ठ, काठमाण्डौँ । पछिल्लो समय अमेरीकामा भईरहेको जातीय विभेदविरुद्धको प्रदर्शन झनै हिंस्रक बन्दै गएको छ । अहिले भईरहेका प्रर्दशनहरुमा विश्वचर्चित व्यक्तिहरुका मुर्तीहरु निसानामा पर्न थालेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जातीय विभेदविरुद्धको प्रदर्शनको निन्दा समेत गरेका छन् । अमेरिकी नागरिक जर्ज फ्लोइडको प्रहरी क्रूरताबाट मृत्यु भएपछि पुनःजागृत भएको “ब्ल्याक लाइफ म्याटर” आन्दोलनले इतिहासमा कालाजातिका मानिसहरुलाई दास बनाउने, उनीहरुको व्यापार गर्ने, उनीहरुमाथि अनेक प्रकारका शोषण र विभेद गर्ने महासामन्तका..

नेपाल भारत सिमा विवादको कूटनीति संवादबाटै निकास खोज्नुपर्छः भारतीय राष्ट्रिय कांग्रेस

२९ जेष्ठ, काठमाण्डौँ । भारतीय राष्ट्रिय कांग्रेसले कालापानी–लिपुलेक क्षेत्रलाई लिएर भारत र नेपालबीच उत्पन्न पछिल्लो परिस्थितिको अन्त्यका लागि कूटनीति र संवादलाई अगाडि बढाउनुपर्नेमा जोड दिएको छ । अखिल भारतीय कङ्ग्रेस समितिको अन्तरराष्ट्रिय सम्बन्ध विभागका अध्यक्ष तथा राज्यसभाका नेता आनन्द शर्माले बुधबार राति जारी गरेको वक्तव्यमा कूटनीति र संवादको माध्यमबाटै वर्तमान समस्याको समाधान खोजिनुपर्ने आवश्यकता औँल्याइएको छ । ऐतिहासिक एवं समयले परख गरेको पारस्परिक सम्मान, मैत्री र विश्वासमा आधारित भारत–नेपाल सम्बन्ध..

अमेरिकाले चीनसँगको हवाइ यात्रामा प्रविन्ध लगाउने

२२ जेष्ठ, काठमाण्डौँ । अमेरिकाले बुधबार चिनियाँ यात्रुवाहक विमानहरूलाई आफ्नो मुलुकमा उडान गर्न नदिने बताएको छ । उसले जुन १६ गतेदेखि आफ्ना गन्तव्यहरूमा चिनियाँ विमानहरूलाई रोक लगाउने जनाएको हो । आफ्ना विमानहरूलाई चिनियाँ गन्तव्यमा सेवा पुनः संचालन गर्न नदिएपछि अमेरिकाले यस्तो निर्णय गरेको बताएको छ । गत महिना अमेरिकी पारवहन विभागले चिनियाँ उड्ययन विभागसमक्ष आफ्ना जहाजहरूलाई पुनः सेवा सुरू गर्ने अनुमति दिन आग्रह गरेको थियो । तर चिनियाँ उड्डयन विभागले..

प्रदर्शन रोक्न अमेरिकामा सेना परिचालन गरिने, वामपन्थी कट्टरपन्थीका कारण हिंसा भएको आरोप

२० जेष्ठ, काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाका विभिन्न शहरमा भैरहेको दंगा र लुटपाट रोक्न सेना परिचालन गर्ने बताएका छन् । गत सोमबार प्रहरी हिरासतमा एक जना निहत्था अश्वेत अमेरिकी जर्ज फ्लोइडको मृत्यु भएपछि हिंसात्मकहरु प्रर्दशनहरु भैरहेका छन् । टेलिभिजन मार्फत सम्बोधन गर्दै ट्रम्पले एकदमै खराब अशान्त अवस्थाका माझ गभर्नरहरूले चालेका कदम निकै कमजोर देखिएको टिप्पणी गरे । देशभर प्रहरीको बर्बरताविरुद्ध भएका हिंसात्मक प्रदर्शनहरूमा हाबी हुन राज्यका गभर्नरहरूलाई उनले..

नेपालमा संविधान संशोधन विधेयक पेस भएपछि भारतीय मिडियामा हल्लीखल्ली

१८ जेष्ठ, काठमाण्डौँ । सरकारले प्रतिनिधिसभामा संविधान संशोधन विधेयक पेस गरेलगत्तै भारतीय मिडियामा हल्लीखल्ली सुरु छ । कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको भूभागलाई समेटेर हालै जारी भएको नेपालको संशोधित नक्सालाई संविधानमा समेट्नका लागि सरकारले संविधान संशोधन विधेयक आज प्रतिनिधिसभामा पेस गरेको छ । नेपालको अद्यावधिक नक्सा संविधानको अनुसूची (निशान छाप) समावेश गर्न सो विधेयक पेश भएको हो । आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान (दोस्रो संशोधन)..

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या चीनमा भन्दा बढी, चीनमा ७० मात्र संक्रमित

१६ जेष्ठ, काठमाण्डौँ । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट चीनमा भन्दा धेरै मानिसको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसबाट चार हजार ७ सय ६ जनाको मृत्यु भएको छ । चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या चार हजार ६३८ जनाको मृत्यु भएको छ । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि एक लाख ६५ हजार ७९९ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका..

कोरोना भाइरसका कारण पाकिस्तानमा एकै दिनमा ४० जनाको मृत्यु

२४ वैशाख, काठमाडौँ । पाकिस्तानमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च बनेको छ । पाकिस्तानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाकिस्तानमा ४० जनाको कोरोना भाइरसको कारण मृत्यु भएको हो । यससँगै पाकिस्तानमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या २२६ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ४९ नयाँ संक्रमित भेटिएका छन् । यससँगै पाकिस्तानमा समग्र संक्रमित हुनेको संख्या पनि २२ हजार २५० पुगेका छन्..

उत्तर कोरियाली नेता किम जोङ उन २० दिनपछि सार्वजनिक

२० वैशाख, काठमाण्डौँ । उत्तर कोरियाका नेता किम जोङ उन २० दिनपछि सार्वजनिक कार्यक्रममा उपस्थित भएका छन् । किमको स्वास्थ्यबारे फैलिरहेको अनेक हल्लाकाबीच उत्तर कोरियाली केन्द्रीय समाचार एजेन्सी (केसीएनए)ले उनी सार्वजनिक कार्यक्रममा उपस्थित भएको जनाएको छ । केसीएनएका अनुसार किम राजधानी प्योङयाङ नजिकै पर्ने सनचेनस्थित एक मल कारखाना निर्माण सम्पन्न भएको अवसरमा आयोजित कार्यक्रममा शुक्रवार बहिनी किम यो जोङ र अन्य वरिष्ठ अधिकारीहरूसहित उपस्थित भएका हुन् । रोडोङ सिन्मुन अखबारको..