२१ श्रावण, काठमाण्डौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी राजधानी नयाँ दिल्लीबाट अयोध्याका लागि प्रस्थान गरेका छन् । उनी भारतीय वायुसेवाको विमानबाट लखनउ उडेका हुन् ।
बाबरी मस्जिदका लागि अन्यत्रै जग्गा उपलब्ध गराउने गरी लामो समयदेखिको स्वामित्व विवादलाई भारतिय अदालतले सर्वोच्च अदालतले सल्ट्याइदिएपछि अयोध्यामा राम मन्दिर बन्दै छ ।
उक्त मन्दिरको शिलान्यासका लागि मोदी अयोध्या जाने हिडेका हुन् । मोदी अयोध्या जाने भएपछि अवाञ्छित र आतंकी घुसपैठ नहोस् भनेर सीमामा समेत उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।
सुरक्षाकै कारण नेपाल–भारत सीमानाकामा एसएसबीका तालिम प्राप्त कुकुरसमेत परिचालन गरी जाँच थालिएको छ भने दसगजा क्षेत्रमा पनि निगरानी बढाइएको छ ।