२३ श्रावण, काठमाडौं । श्रीलंकाको संसदीय निर्वाचनमा हालका कार्यकारी प्रधानमन्त्री महिन्दा राजपाक्षको पार्टी श्रीलंका श्रींलका पिपल्स फ्रन्ट (एसएलपीपी) ले बहुमत हासिल गरेको छ ।
आज सार्वजनिक गरिएको अन्तिम मत परिणाम अनुसार एसएलपीपीले २२५ सिटमध्ये १४५ सिटमा जित हासिल गरेको हो । यो निर्वाचनमा ७५ प्रतिशत मतदाताले आफ्नो मताधिकार गरेको बताइएको छ । एसएलपीपीको प्रमुख प्रतिपक्षी दलले केवल ५४ सिटमा जित हासिल गरेको छ ।
यो निर्वाचनको परिणाम अनुसार अहिलेका कार्यकारी प्रधानमन्त्री महिन्दा राजपाक्ष औपचारीक रुपमा प्रधानम्नत्री हुने भएका छन् । उनले अब प्रधानमन्त्रीको शपथ आफ्नै भाई राष्ट्रपति गोटाभाय राजपाक्षबाट लिने छन् ।
यो निर्वाचनमा जित हात पारेसँगै राजपाक्ष दाजुभाइलाई संविधान परिवर्तन गर्ने र सरकार बलियो बनाउने मौका मिलेको छ ।
राष्ट्रपति गोटाभय राजपाक्षले सामाजिक सञ्जाल ट्वीटरमा यो निर्वाचनमा आफ्नो समृद्धिको योजनालाई आगामी दिनमा वास्ताविकतामा ढाल्न सक्ने विश्वासका साथमा मानिसहरुले मतदान गरेको प्रतिकृया दिएका थिए ।
आलोचकहरुले भने राजपाक्ष दाजुभाइले अहिले पाएको अधिकार दुरुपयोग गर्दै प्रहरी र न्यायालयलाई पनि आफ्नो हातमा लिन सक्ने आशंका व्यक्त गरेका छन् ।
अलजाजिरा