विशेष

नयाँ राष्ट्रपति चयनका लागि अमेरिकामा आज मतदान हुँदै
१८ कार्तिक, काठमाण्डौँ । अमेरिकामा नयाँ राष्ट्रपति छान्नका लागि आज मतदान हुँदैछ । अमेरिकामा चुनावी वर्ष नोभेम्बर ३ मा राष्ट्रपतिका लागि मतदान हुने व्यवस्था छ । यसपालि रिपब्लिकन पार्टीबाट राष्ट्रपति डोनाल्ड ट्रम्प नै पुनः अर्काे कार्यकालका लागि चुनिने दौडमा छन् । उता डेमोक्र्याटिक पार्टीबाट पूर्व–उपराष्ट्रपति जो बाइडेन मैदानमा उत्रेका छन् । विभिन्न सर्वेक्षणहरूले राष्ट्रपतिमा बाइडेन चुनिने आकलन व्यक्त गरेका छन् । यसअघि सन् २०१६ मा पनि लगभग सबै सर्वेक्षणहरूले डेमोक्र्याटिक..

भारतका सेनापति नरवाणे दिपावलीलगत्तै नेपाल भ्रमणमा आउने निश्चित
४ कार्तिक, काठमाण्डौँ । भारतका सेनापति एम.एस. नरवाणे नेपाल भ्रमणमा आउने भएका छन् । नेपाली सेनाले यसको पुष्टि गरिसकेपनि मिति खुलाएको छैन । तर, उनी दिपावलीलगत्तै नेपाल भ्रमणमा आउने निश्चित भएको छ । नेपाली सेनाले भारतका सेनापति नरवाणे नेपाल भ्रमणमा कात्तिक महिनामै आउने पुष्टि गरेको छ । भारतीय पत्रिका टाइम्स अफ इन्डियाले पनि दिपावलीलगत्तै नरवाणेले नेपाल भ्रमण गर्ने उल्लेख गरिसकेको छ । सेनापति नरवाणे फेब्रुअरी महिनामै नेपाल भ्रमणमा आउने तय..

सुडान सरकार र विद्रोही समूहबीच शान्ति सम्झौता
१८ असोज, काठमाण्डौँ । सुडानको सरकार तथा विद्रोही समूहबीच हिजो (शनिबार) शान्ति सम्झौता भएको छ । सम्झौतामा हस्ताक्षर भएपछि सयौं हजार नागरिकको ज्यान लिएको दशकौंदेखिको युद्ध अन्त्य भएको छ । सरकार र विद्रोहीबीच करिब एक वर्षदेखि शान्तिका लागि वार्ताहरू हुँदै आएका थिए । सम्झौताका लागि विद्रोही र सरकारी प्रतिनिधि दक्षिणी सुडानको राजधानी जुबामा भेला भएका थिए । उक्त स्थानमा नै सम्झौतामा हस्ताक्षर भएको छ । दक्षिण सुडानी मध्यस्थता टोलीका प्रमुख..

अमेरिकी राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानियालाई कोरोना संक्रमण
१६ असोज, काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राष्ट्रपति ट्रम्पले यसबारे ट्वीट गर्दै आफू र प्रथम महिला मेलानियालाई कोरोनासंक्रमण पुष्टि भएको जनाएका हुन् । यसअघि, ट्रम्पका सहयोगी होप हिक्सलाई बिहीबार राति कोरोना संक्रमणको पुष्टि भएपछि ट्रम्प क्वारेन्टिनमा थिए ।

भारतका रेल राज्यमन्त्रीको कोरोना संक्रमणका कारण निधन
८ असोज, काठमाण्डौँ । भारतका लोकसभा सदस्य तथा केन्द्रीय रेल राज्यमन्त्री सुरेश अंगडीको कोरोना संक्रमणका कारण निधन भएको भएको छ । ६५ वर्षीय मन्त्री अंगडीको बुधबार निधन भएको भारतीय संञ्चारमाध्यमले जनाएको छ । राज्यमन्त्री अंगडीलाई ११ सेप्टेम्बरमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पोजेटिभ देखिएलगत्तै दिल्लीस्थित एम्स अस्पतालमा भर्ना भएका थिए । उनको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख प्रकट गरेका छन् । मोदीले बुधबार ट्वीटरमार्फत भनेका भन्नुभएको..

अमेरिकाको दादागिरीलाई उचित जवाफ दिने इरानको चेतावनी
६ असोज, काठमाण्डौँ । अमेरिकाको दादागिरीलाई उचित जवाफ दिने इरानले चेतावनी दिएको छ । इरानी राष्ट्रपति हसन रुहानीले सो चेतावनी दिएका हुन् । सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रपति रुहानीले भनेका छन्– ‘इरानले अमेरिकाको दादागिरीलाई उचित जवाफ दिनेछ ।’ राष्ट्रपति रुहानीले आफ्नो देशमा राष्ट्रसंघमार्फत प्रतिबन्ध लगाउने अमेरिकी योजना असफल भएको समेत दाबी गरेका छन् । उनले अमेरिकाको यो एकतर्फी फैसलालाई युरोपेली सहयोगी मुलुकहरुले समेत कानुनी रुपमा अवैधानिक ठहर गरिसकेको बताए..

जापानको प्रधानमन्त्रीमा कस्ले वाजी मार्लान् ?
२९ भाद्र, काठमाण्डौँ । जापानको सत्ताधारी दल लिबरल डेमोक्र्याटिक पार्टीमा प्रधानमन्त्रीका लागि तीन जना आकांक्षी देखा परेका छन् । प्रधानमन्त्री सिन्जो आबेले स्वास्थ्यको कारण देखाउँदै गत महिना राजिनामा दिनुएपछि ती नेताहरुले आकांक्षा देखाएका हुन् । वर्तमान मन्त्रिपरिषदको मुख्य सचिव रहेका योसिदे प्रमुख दाबेदारको रुपमा अघि सारिएको छ । आबेका विश्वास पात्रका रुपमा रहेका योसिदेले सरकारले यसअघि लिएको नीतिलाई निरन्तरता दिने बताइएको छ । अर्का आकांक्षी सुगे चतुर हुन् । उनी..

अफगानिस्तानका उपराष्ट्रपतिलाई लक्षित गरेर बम विस्फोट
२४ भाद्र, काठमाण्डौँ । अफगानिस्तानका उपराष्ट्रपतिलाई लक्षित गरेर आज राजधानी काबुलमा बम विस्फोट गराइएको छ । उपराष्ट्रपति अमरुल्लाह सालेहलाई लक्षित गरेर राजधानी काबुलमै आत्मघाती बम विस्फोटन गराइएको प्रहरीले जनाएको छ । विस्फोटनपछि कम्तीमा दुई जनाको मृत्यु र अरु १२ जना घाइते भएको अधिकारीहरुले जानकारी दिएका छन् । तर उपराष्ट्रपति सालेहलाई भने भौतिक रुपमा केही नभएको स्रोतलाई उद्धृत गर्दै पझोक सामाचार संस्थाले जनाएको छ । उपराष्ट्रपति सालेहका छोराले आफ्ना पिता थोरै..

नेपालको चिया आयातमा रोक लगाउन ‘भारतीय टी बोर्ड’को माग
३० श्रावण, इलाम । ‘भारतीय टी बोर्ड’ले नेपालबाट अवैध रुपमा चिया आयात गरिएको भन्दै आवागमन रोक्न माग गरेको छ । नेपालबाट ठूलो मात्रामा गुणस्तरहीन चिया भारततर्फ निर्यात भइरहेकाले बोर्डले अन्धाधुन्ध चियाको आयात र नेपालबाट अवैध निकासी रोक्न नियमहरु लागु गर्न भन्दै केन्द्रीय वाणिज्य मन्त्रालयलाई पत्राचार गरेको छ । पछिल्ला केही वर्षदेखि दार्जिलिङ टी बनाउने केही उद्योगले नेपालबाट आयात चिया प्रमाणीकरण नभएको भन्दै कारबाही गर्नुपर्ने माग राख्दै आएका छन् । नेपालको..

कोरोनाका कारण धेरै मृत्यु हुने मुलुकको चौथो स्थानमा भारत
२९ श्रावण, काठमाण्डौँ । विश्वभर कोरोना भारइरसका कारण ७ लाख ४५ हजार ९ सय २३ को जनाको मृत्यु भइसकेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड १९ संक्रमित धेरै हुने मुलुकमा अमेरिका र ब्राजिल अग्रस्थनमा रहेका छन् । भारतको टाइम्स अफ इन्डियाले जनाएअनुसार भारत मृत्यु धेरै हुने मुलुकको चौथो स्थानमा उक्लिएको छ । बेलायतलाई पछि पार्दै भारत एक कदम अगाडी देखिएको हो । बेलायतमा मृत्यु हुने संक्रमितको संख्या ४६ हजार..