विशेष

पुटिनका कट्टर आलोचक नाभाल्नीलाई अज्ञात स्थानमा लगियो
१४ फाल्गुन, काठमाण्डौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका विरोधी नेता एलेक्सी नाभाल्नीलाई मस्कोको जेलबाट निकालेर अज्ञात स्थानमा लगिएको छ । नाभाल्नीलाई कहाँ लगिएको हो भन्ने कुराको जानकारी यस पटक सरकारले नदिएको उनका सहयोगीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । उनलाई अर्काे कुनै जेलमा लगिएको अनुमान गरिएको छ । यसै महिनाको सुरुवातमा अदालतले नाभाल्नीलाई भ्रष्टाचार मुद्दामा जेल पठाउने फैसला गरेको थियो । यसलाई राजनीतिक रुपमा प्रेरित भनिएको थियो । नाभाल्नी राष्ट्रपति..

अमेरिकामा हिमआँधीः २० जनाको मृत्यु, जनजिवन प्रभावित
५ फाल्गुन, काठमाण्डौँ । अमेरिकाको टेस्साससहितका केही राज्यमा हिमआँधीले जनजिवन प्रभावित बनाएको छ । हिमआँधीमा परेर कम्तिमा पनि २० जनाको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । टेक्सासहितको केही राज्यमा घण्टौँदेखि बिजुली पनि आपूर्ति हुन सकेको छैन । बीबीसीका अनुसार केन्टुकी, मिजौरी, नर्थ क्यारोलाइनालगायतका राज्यमा आँधीको असर परेको छ । अमेरिकामा अत्यधिक चिसोका कारण बिजुलीको माग बढिरहेकै समयमा घण्टौँदेखि बिजुली आपूर्ति हुन सकेको छैन ।

म्यान्मारमा सैन्य ‘कु’ ! अब के होला ?
२० माघ, काठमाण्डौँ । म्यानमार सेनाले आफूहरुले देशको सत्ता आफ्नो हातमा लिएको घोषणा गरेका छन् । सेनाले आङ सान सूकीसमेत थुप्रै नेतालाई हिरासतमा लिएको छ । साथै देशका मुख्य शहरका सडकमा सैनिक तैनाथ गरेको छ र सञ्चार व्यवस्थामाथि सिमित रोक लगाइदिएको छ । आजभन्दा १० वर्षअघि सेनाले सत्ताको हस्तान्तरण जनताले छानेको सरकारलाई गरेको थियो । सैन्य कूको खबरले देशमा एकपटक पुनः भयको स्थिती पैदा भएको छ । सन् २०११ मा..

म्यान्मारमा सैन्य ‘कु’, सर्वाधिक प्रभावशाली नेता सुकी नजरबन्दमा
१९ माघ, काठमाण्डौँ । म्यान्मारको सैनिक टेलिभिजनले म्यान्मारको सम्पूर्ण सत्ता एक वर्षका लागि आफूहरुले नियन्त्रणमा लिएको घोषणा गरेको छ । आङ सान सुकी सहित देशका वरिष्ट राजनीतिज्ञहरुलाई सेनाले नियन्त्रणमा लिइएको छ । सेनाको नियन्त्रणमा रहेको म्यावाडी टिभीका एक सैनिक प्रस्तोताले सेनाको घोषणा वाचन गर्दै सेनाले मस्यौदा गरेको संविधान बमोजिम देशभित्र आपतकालीन स्थिति उत्पन्न भए सेनाले देशलाई नियन्त्रणमा ल्याउन सक्ने उल्लेख गरेका थिए । ती सैनिक प्रस्तोताले गत नोभेम्बरमा सम्पन्न आम..

जो बाइडेनले आजदेखि औपचारिक रुपमा जिम्मेवारी सम्हाल्ने
७ माघ, काठमाण्डौँ । अमेरिकी नव निर्वाचित राष्ट्रपति जो बाइडेनले आजदेखि औपचारिक रुपमा जिम्मेवारी सम्हाल्ने भएका छन् । गत नोभेम्बर ३ मा अमेरिकामा सम्पन्न राष्ट्रपतिको निर्वाचनमा ४६ औं राष्ट्रपतिमा निर्वाचित उनलाई यही जनवरी ६ मा अमेरिकी कंग्रेसले आधिकारिकता दिएको थियो । अमेरिकाको संविधानअनुसार राष्ट्रपतिका रुपमा निर्वाचित व्यक्तिले जनवरी २० बाट कार्यकाल सुरु गर्ने व्यवस्था रहेको छ । निर्वाचित राष्ट्रपति बाइडेनले कडा सुरक्षा व्यवस्थाकाबीच राष्ट्रपतिको सपथ ग्रहण गर्ने छन् । उनको सपथग्रहण कार्यक्रममा..

भारतमा कोरोना खोपको प्रभाव देखिन थाल्यो
५ माघ, काठमाण्डौँ । भारतमा कोरोना भाइरस खोपको प्रभाव देखिन थालेको छ । शनिबारदेखि केही क्षेत्रमा दिन थालिएको खोपबाट ‘साइट इफेक्ट’ देखिन थालेको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । आइतबार भारतीय केन्द्रीय स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गरी कोरोना खोप दिन थालेको २ दिनमा ४ सय ४७ जना बिरामीहरुमा साइड इफेक्ट देखिएको छ । केन्द्रीय स्वास्थ्य सचिव डा.मनोहर आंगनानीका अनुसार धेरैजस्तो अवस्थामा यसको नकारात्मक असर सानो तहमा देखिएको छ । यद्यपि,..

डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोगको प्रस्ताव पेश गर्ने तयारी
२७ पौष, काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोगको प्रस्ताव पेश गर्ने तयारी भईरहेको अंन्तराष्ट्रिय संञ्चारमाध्यमहरुले जनाएको छ । नवनिर्वाचित राष्ट्रपति जो बाइडनले शपथ ग्रहण गर्न नौ दिन बाँकी रहेको बेला राष्ट्रपति ट्रम्पमाथि महाअभियोग लगाउने तयारी भएको जनाईएको छ । महाअभियोग प्रस्तावमा दुई सय बढी डेमोक्रेट सांसदहरुले हस्ताक्षर गरेको उल्लेख गरिएको छ । उक्त प्रस्तावमा अमेरिकी संसदको तल्लो सदन “हाउस अफ रिप्रिजेन्टेटिभ्स”मा मंगलबार मतदान हुने सक्ने डेमोक्र्याट नेताहरुलाई उद्धृत गर्दै..

बेलायतमा पुनः लकडाउन
२१ पौष, काठमाण्डौँ । नयाँ स्वरुपको कोरोना भाइरसको संक्रण देखिएपछि बेलायतमा पुनः लकडाउनको घोषणा गरिएको छ । टेलिभिजन सम्बोधनमार्फत प्रधानमन्त्री बोरिस जोन्सनले मंगलबारदेखि पुनः लकडाउन भएको घोषणा गरेका छन् । बेलायमा गत मार्च २३ बाट तीन महिनाभन्दा लामो लकडाउन कायम भएको थियो भने नोभेम्बर ५ देखि ४ हप्ते दोस्रो लकडाउन गरिएको थियो । आफ्नो सम्बोधनको क्रममा प्रधानमन्त्री जोन्सनले खाद्यान्न र औषधि किन्न, दिनमा एकपटक शारीरिक व्यायाम गर्न, जोखिममा रहेका मानिसको..

भारतका विवादित पत्रकार अर्नब गोस्वामी पक्राउ
१९ कार्तिक, नयाँदिल्ली । भारतका विवादित पत्रकार अर्नब गोस्वामीलाई मुम्बई प्रहरीले पक्राउ गरेको छ । रिपब्लिकन टेलिभिजनका प्रधान सम्पादकसमेत रहेका उनलाई आत्महत्या दुरुत्साहनको मुद्दामा घरबाटै बुधबार पक्राउ गरिएको हो । रिपब्लिकन टेलिभिजनले भने गोस्वामीको घर पुगेको प्रहरीले उनलाई हातपात गर्नुका साथै घिसारेर लगेको आरोप लगाएको छ । गोस्वामीले आफ्ना सासु, ससुरा, छोरा र श्रीमतीमाथि पनि प्रहरीले हातपात गरेको आरोप लगाएका छन् । रिपब्लिकन टेलिभिजनले यसअघि नै बन्द भइसकेको मुद्दामा गोस्वामीलाई..

अमेरिकी राष्ट्रपति मनोनयनको प्रारम्भिक मत परिणामः ट्रम्प भन्दा बाईडेन अघि
१९ कार्तिक, काठमाण्डौँ । अमेरिकी राष्ट्रपति मनोनयनका लागि मंगलबार सकिएको निर्वाचनको नतिजा आउन थालेको छ । प्रारम्भिक मत परिणाममा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडन रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पभन्दा अगाडि देखिएका छन् । अहिलेसम्म अमेरिकाका ५० मध्ये ३१ राज्यको नतिजा आइसकेको छ । जसमा बाइडनले १९२ इलेक्टोरल भोट पाएका छन् भने ट्रम्पले ११४ मात्र इक्लेक्टोरल भोट प्राप्त गरेका छन् । १८ राज्यको मतगणनामा बाइडनले कोलोराडो, न्युयोर्क, न्यु जर्सी, मेरिल्याण्ड, मासाचुएट्स, भर्माेन्टलगायतका..