५ आश्विन, एजेन्सी । भारत–चीन सीमाको गल्वान उपत्यकामा भएको सैन्य झडपका क्रममा चिनियाँ सैनिकको नियन्त्रणमा पुगेका १० भारतीय सैनिकलाई चीनले रिहा गरेको छ ।
सोमबार सीमा विवादलाई लिएर दुबै सैनिकबीच झडप हुँदा २० सैनिकले त्यहाँ ज्यान गुमाएका थिए ।
दुबै देशकाबीच उच्च तहमा भएको कयौं चरणको छलफलपछि उनीहरूलाई रिहा गरिएको हो । ती सैनिकहरूलाई बिहीबार अबेर रिहा गरिएको समाचार एजेन्सीहरुले जनाएका छन् ।
भारत सरकारले यसबारेमा कुनै प्रतिक्रिया नदिए पनि भारतीय सेनाले भने घटनामा कुनै पनि भारतीय सैनिक बेपत्ता नभएको बताएको छ । भारतीय पत्रिका ुद हिन्दुुले दुबै देशका सेनाका मेजर जनरल तहमा भएको कुराकानीपछि उनीहरूलाई रिहा गरिएको जनाएको छ ।
पछिल्लो झडपका लागि दुबै देशले एकअर्कालाई आरोप लगाएका छन् । सोमबार भएको झडपलाई सन् १९६२ मा भएको चीन(भारत युद्धपछिकै ठूलो सैन्य टकराव मानिएको छ ।
घटनापछि भारतमा चिनियाँ सामान बहिष्कार आवाज उठेको छ । यसैगरी भारतका दुई शहरमा चीनको झण्डा र चिनियाँ राष्ट्रपतिको पोस्टर जलाइएको छ । सीमा भएको घटनामा १८ जना भारतीय सैनिक गम्भीर घाइते भएका छन् ।
यस्तै अमेरिकाले भारत र चीन सीमावर्ती क्षेत्र गल्वान उपत्याकामा भएको भिडन्तप्रति निकै संयतापूर्वक पहिलो पटक प्रतिक्रिया जनाएको छ ।
गलवानमा भारत र चीनका सेनाबीच भएको भिडन्तमा २० भारतीय सैनिक मारिएको तीन दिनपछि अमेरिकाले समवेदना दिएको हो ।
अमेरिकाका विदेशमन्त्री माइक पोम्पियोले ट्वीट गर्दै भारतीय सैनिकको निधनप्रति समवेदना व्यक्त गरेका हुन् ।
माइक पोम्पियोले भनेका छन्, ‘चीनसँग हालै भएको संघर्षका कारण भएको निधनमा भारतका बासिन्दाहरुप्रति हामी गहिरो समवेदना व्यक्त गर्दछौँ । शोकाकुल मृतक सैनिकका परिवार, आफन्त र प्रियजनको स्मरण गर्दछौँ ।’