भारतको आसाममा बाढी–पहिरोका कारण १ सय ११ जनाको मृत्यु

भारतको आसाममा बाढी–पहिरोका कारण १ सय ११ जनाको मृत्यु


६ श्रावण, काठमाण्डौँ । भारतीको आसाम राज्यमा परेको अविरल वर्षा र त्यसपछिको बाढीले १ सय ११ जना स्थानीय नागरिकको ज्यान लिएको छ । राज्यका अधिकारीहरुले त्यहाँ जनधनको ठूलो क्षति भएको बताएका छन् ।

आसाममा गएका केही दिनयता देखि अविरल वर्षा जारी छ । त्यसैले यहाँ अझै ठूलो क्षति हुन सक्ने त्रास रहेको पनि बताइएको छ । आसाममा आज बिहानसम्म मृत्यु हुनेको संख्या १ सय ११ पुगेको आसाम राज्य विपद् व्यवस्थापन विभागलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आसाम राज्यको विपद् व्यवस्थापन विभागले दिएको जानकारीअनुसार त्यहाँ कम्तीमा पनि २५ लाख मानिस नराम्ररी प्रभावित भएका छन् । उनीहरु घरबास छोडेर सुरक्षित स्थलतर्फ जानुपर्ने अवस्था आएको बताइएको छ ।

उक्त विभागले दिएको जानकारीमा त्यहाँका ८५ जना मानिसको बाढीमा परेर ज्यान गएको छ भने अरु २६ जना पहिरोमा परी मृत्यु भएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर