नेपालको चिया आयातमा रोक लगाउन ‘भारतीय टी बोर्ड’को माग

नेपालको चिया आयातमा रोक लगाउन ‘भारतीय टी बोर्ड’को माग

३० श्रावण, इलाम । ‘भारतीय टी बोर्ड’ले नेपालबाट अवैध रुपमा चिया आयात गरिएको भन्दै आवागमन रोक्न माग गरेको छ ।

नेपालबाट ठूलो मात्रामा गुणस्तरहीन चिया भारततर्फ निर्यात भइरहेकाले बोर्डले अन्धाधुन्ध चियाको आयात र नेपालबाट अवैध निकासी रोक्न नियमहरु लागु गर्न भन्दै केन्द्रीय वाणिज्य मन्त्रालयलाई पत्राचार गरेको छ । पछिल्ला केही वर्षदेखि दार्जिलिङ टी बनाउने केही उद्योगले नेपालबाट आयात चिया प्रमाणीकरण नभएको भन्दै कारबाही गर्नुपर्ने माग राख्दै आएका छन् ।

नेपालको सीमावर्ती क्षेत्रबाट निर्यात भएको हरियो पत्तीलाई प्रशोधन गरेर दार्जिलिङ टी को नामबाट विश्व बजारमा बिक्री गरिँदै आएको छ । भारतीय टी बोर्डका अनुसार पछिल्लो तीन वर्षमा ६०.३५ मिलियन किलोग्राम चिया भारततर्फ निर्यात गरिएको छ । जसमध्ये २३.४३ मिलियन किलोग्राम पुनः निर्यात भएको छ ।

बाँकी ३६.९२ मिलियन किलोग्राम चिया आन्तरिक बजारमा बिक्री गरिएको छ । नेपालबाट मात्रै ६ वर्षको अवधिमा ७१.९ मिलियन किलोग्राम हरियोपत्ती निर्यात भएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270